Logo

जेम्स एण्ड ज्वेलरी एक्स्पो शुक्रवारदेखि, स्वदेशि तथा विदेशी गहनाका ५९ स्टल रहने

जेम्स एण्ड ज्वेलरी एक्स्पो शुक्रवारदेखि, स्वदेशि तथा विदेशी गहनाका ५९ स्टल रहने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल इन्टरनेश्नल जेम्स एण्ड ज्वेलरी एक्स्पो २०१६ शुक्रवारदेखि आयोजना हुने भएको छ । एक्स्पो नेपालको हस्तकला महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

jems-expo

दरवामार्गस्थित या एण्ड यति होटलमा आयोजना हुने एक्स्पो ३ दिनसम्म चल्ने आयोजकले जानकारी दिएका छन् ।

एक्सपोमा ५३ वटा स्वदेशी र ६ वटा विदेशी गरी जम्मा ५९ स्टल हुने छन् । अन्तराष्ट्रिय बजारमा नेपाली गहनाको निर्यातका लागि व्यवसायीलाई यस एक्सपोले अभिप्रेरित गर्ने आयोजक समितिले जानकारी दिएको छ ।

एक्सपोमा बहुमूल्य गरगहना तथा हस्तकलाको प्रर्दशनी गरिनुका साथै ज्वेलरी सम्बन्धी सेमिनार, जेम कटिङ, पोलिसिङ र फिनिसिङको प्रत्यक्ष्य प्रस्तुती पनि गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL