Logo

नेप्से ५ अंकले घट्दा होटल वाहेक सवै समुह ओरालोे, ७३ करोडको कारोवार

नेप्से ५ अंकले घट्दा होटल वाहेक सवै समुह ओरालोे, ७३ करोडको कारोवार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ४ दशमलव ९८ अंकले ओरालो लागेको छ । बजार खुलेको केही समय उच्च रुपमा घटेको नेप्से परिसुचक अन्तमा सुध्रदै ५ अंकले मात्र घटेको हो । विहीबार नेप्से परिसुचक १ हजार ४ सय ६३ अंकमा ओर्लिएर अडिएको छ ।

बजारमा होटल वाहेक सवै समुहका परिसुचक ओरालो लागेका छन् । बजारमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक झण्डै ६ अंकले घट्दा समग्र नेप्से परिसुचक ओरालो लागेको हो । बजारमा उत्पादनमुलक समुहको परिसुचक सवैभन्दा बढी ३६ अंकले घटेको छ भने अन्य समुहको परिसुचक १० अंकभन्दा कमले ओरालो लागेका छन् ।

बजारमा दिनभर कुल १ सय ३३ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीको ७३ करोड १७ लाख रुपैयाँ बरावरको ८ लाख ६६ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

दिनभर सवैभन्दा बढी एभरेष्ट बैकको सेयर कारोवार भएको छ । वित्तीय विवरण सार्वजनिक गरेकै दिन बैंकको सेयर मुल्य प्रतिकित्ता ६४ रुपैयाँले घटेर ७ करोड १६ लाख रुपैयाँ बरारको सेयर खरिदविक्री भएको छ । यसैगरी, नेपाल वंगलादेश बैंकको पनि ६ करोड ७६ लाख रुपैयाँको सेयर खरिदविक्री भएको छ भने एनआईसी एसियाको ५ करोड २३ लाख रुपैयाँ बरावरको सेयर विक्री भएको देखिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL