Logo

जस्मिन पेन्ट्सको ब्राण्ड एम्बेस्डरमा मह जोडी, पुनर्निर्माणमा सहयोग

जस्मिन पेन्ट्सको ब्राण्ड एम्बेस्डरमा मह जोडी, पुनर्निर्माणमा सहयोग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । जस्मिन पेन्ट्सको ब्राण्ड एम्बेस्डरमा ‘मह जोडी’ लाई नियुक्त गरिएको छ । मनकामना ग्रूप अन्तरगतको जस्मिन पेन्ट्सले आज एक कार्यक्रमबीच मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो ।

आगामी दिनमा मह जोडीले ‘नेपाली मनको नेपाली रङ’ भन्ने मुल नारा सहित जस्मिन पेन्ट्सको प्रवद्र्धन गर्ने छन् । मह जोडीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेसँगै आफ्ना उत्पादनलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुर्याउन सहयोग पुग्ने कम्पनीका प्रवन्ध निर्देशक लक्ष्मणप्रसाद अयालले जानकारी दिए । ‘२० वर्ष लामो इतिहासमा जस्मिनका उत्पादन विभिन्न अन्तरराष्ट्रिय स्तरका उत्पादनसँगको प्रतिस्पर्धा गर्न सफल भएको छ,’ अर्यालले भने, ‘यसको प्रमुख कारण रङको उच्च गुणस्तर, प्रशिक्षित बजार प्रतिनिधी र अनुभवी दक्ष प्राविधिक हुन् ।’

कम्पनीका उत्पादनले नेपाल गुणस्तर चिन्ह् तथा आईएसओ ९००१ः२००० समेत प्राप्त गरिसकेको छ । हाल कम्पनीले ७ वर्षको वारेन्टी भएको रङ बजारमा उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले २१ औं शताब्दीको सामना गर्न सक्ने खालको नयाँ प्रविधि सहितको सिमेन्ट तथा डण्डी समेत बजारम ल्याउन लागेको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL