Logo

बैंकिङ समुह ओरालो लाग्दा सामान्य घट्यो नेप्से, ५२ कारोडको कारोवार

बैंकिङ समुह ओरालो लाग्दा सामान्य घट्यो नेप्से, ५२ कारोडको कारोवार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचक सामान्य मात्र घटेको छ । बजार खुलेको केही समय बढेपनि बैंकिङ समुह ओरालो लाग्दा सम्पूर्ण नेप्से परिसुचक घट्न पुगेको हो ।
सोमबार नेप्से परिसुचक जिरो दशमलव २७ प्रतिशतले घटेर १ हजार २ सय ८३ दशमलव ९४ अंकमा झरेको छ ।

बजारमा सवैभन्दा बढी बैंकिङ समुहको परिसुचक ३ दशमलव ६ अंकले घटेको छ । यसैगरी, फाइनान्स समुह १ दशमलव ९१ अंकले घटेको छ भने अन्य समुहको परिसुचक ३ दशमलव ५३ अंकले घटेको छ ।

सोमबार विकास बैंक समुह सवैभन्दा बढी २० दशमलव ६८ प्रतिशतले बढेपनि बैंकिङ समुह घट्दा समग्र नेप्से परिसुचक घट्न पुगेको हो । यस्तै, बीमा समुहको परिसुचक १२ अंकले बढेको छ ।

दिनभर कुल १ सय २१ कम्पनीको सेयर कारोवार भएको छ । ती कम्पनीहरुको ५२ करोड २० लाख रुपैयाँ बरावरको ६ लाख ५७ हजार कित्ता सेयर खरिदविक्री भएको छ ।

सोमबार सवैभन्दा बढी नेपाल इन्मेष्टमेन्ट बैंकको सेयर खरिदविक्री भएको छ । सो बैंकको साधारण र संस्थापक गरी कुल ५ करोड ८० लाख रुपैयाँ बरावरको सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL