Logo

एकैदिन ८ सयले बढ्यो सुन, चाँदीमा पनि १० रुपैयाँ बृद्धि

एकैदिन ८ सयले बढ्यो सुन, चाँदीमा पनि १० रुपैयाँ बृद्धि


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मुल्य उच्च रुपमा बढेको छ । साताको पहिलो दिन सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ । आइतबार नेपाली बजारमा सुन प्रतितोला ५३ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

अघिल्लो साता प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको सुन यो साताको पहिलो दिनमै ८ सय रुपैयाँले बढेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मुल्य नघटेसम्म नेपाली बजारमा पनि ओरालो नलाग्ने महासंघले जानकारी दिएको छ । अन्तरराष्ट्रिय बजारमा दैनिक जसो सुनको मुल्य बढिरहेको छ ।

साताको पहिलो दिन चाँदीको मुल्य पनि बढेको छ । लामो समय स्थिर रहेको चाँदीको मुल्य गत हप्तादेखि बढ्न शुरु गरेको छ । आइतबार चाँँदी प्रतितोला १० रुपैयाँले बढेर ७ सय १५ रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL