Logo

फर्निचर तथा फर्निसिङ महासंघको अध्यक्षमा सारदा, २२ सदस्यीय कार्यसमिति चयन

फर्निचर तथा फर्निसिङ महासंघको अध्यक्षमा सारदा, २२ सदस्यीय कार्यसमिति चयन


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ महासंघको अध्यक्षमा सुरेन्द्रकुमार सारदा चयन भएका छन् । महासंघको प्रथम साधारण सभाले सारदाको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

महासंघको बरिष्ठ उपाध्यक्ष भुपेन्द्र गिरि, प्रथम उपाध्यक्ष रामप्रसाद न्यौपाने, दितिय उपाध्यक्ष सुर्यप्रसाद सुवेदी र तृतीय उपाध्यक्ष कृष्णप्रसाद ढकाल चनय भएका छन् । यसैगरी, महासचिव सुजिल श्रेष्ठ चयन भए भने सचिवमा गोकुल श्रेष्ठ चयन भएका छन् ।

कोषाध्यक्ष ओम दाहाल सहकोषाध्यक्ष कुबिर कुमार श्रेष्ठ चयन भए भने सदस्यहरुमा क्रमशः मथुराकुमार जोशी, यम अधिकारी, भागिरथ लुईटेल, प्रदिप श्रेष्ठ, देबुप्रसाद निरौला, मोहन दर्लामी, खगेन्द्र केसी, ज्ञानबहादुर नेपाली तथा एशोसिएट तर्फ अजय घिराईया र कुमारबहादुर महर्जन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL