Logo

दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा खुल्यो एप्पल वल्र्ड, १ हजारदेखि ९ लाखसम्मका मोवाइल उपलब्ध

दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा खुल्यो एप्पल वल्र्ड, १ हजारदेखि ९ लाखसम्मका मोवाइल उपलब्ध


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा ‘एप्पल वल्र्ड’ संचालनमा आएको छ । सिटिभी मोबाइल प्रालिले एप्पल वल्र्ड नामक मल्टिब्राण्ड मोबाइल सोरुम संचालनमा ल्याएको हो ।

सोमबारबाट संचालनमा आएको उक्त मल्टिब्राण्ड सोरु सामसुङ, हुवावे, सोनी, एचटिसि, ब्लाकबेरी, पानासोनिक, एलजी, माइक्रोम्याक्स, जियोनी, माइक्रोसफ्ट, भर्चुमोबाइल लगायत बिश्व बजारमा पाइने सबै ब्राण्डेड मोबाइलको पाइने कम्पनीका प्रवन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

एप्पल वल्र्डको सोरुममा ९ सय ९९ रुपैयाँदेखि ९ लाख रुपैयाँसम्म मुल्यपर्ने मोबाइल रहनेछन् । बिभिन्न कम्पनीहरुबाट उत्पादित मोबाइलका बारे जानकारी दिन अलग अलग टेबलबाट सुबिधा प्रदान गरिने छ भने मोबाइलबारे जानकारी दिन सम्बन्धित क्षेत्रका सेल्स गल्र्स तथा सेल्स मेनेजर रहने ब्यबस्था पनि मिलाइएको छ ।

apple-world-1

उक्त सोरुमको उद्घाटन मिस नेपाल सृष्टि श्रेष्ठ, गायक राजेशपायल राई, आइएमएसका अध्यक्ष दिपक मलहोत्रा र आइएमएसका प्रेशिडेन्ड दिकेश मलहोत्रा लगायतले संयुक्त रुपमा रिबन काटेर गरेका थिए ।

‘गेटिङ बिगर’ मुल लक्ष्य लिएर अगाडी बढेको सिटिभी मोबाइल समूहले अनलाइनमार्फत मोबाइलको कारोबार गर्ने तथा होम डेलिभरीको समेत ब्यबस्था गरेको छ । यस्तै मोबाइल मर्मतका लागि पनि घरैसम्म लिन जाने र डेलिभरी गर्ने सम्मको सुबिधा रहेको छ ।

१ घण्टामै मोबाइल मर्मतबाट ख्याती कमाएको सिटिभी मोबाइलले यो सुबिधा एप्पल वल्र्डमा पनि रहेको जनाएको छ भने एक्सचेन्ज गरी नयाँ मोबाइल खरिद गर्न सकिने ब्यबस्था पनि मिलाएको छ ।

apple-world-2

 

यस कम्पनीले संचालनमा ल्याएको यो छैठौं आउटलेट हो । यस अधि कम्पनीले ताम्राकार कम्प्लेक्स, सिटिसी मल, वल्र्ड भिजन तथा चाबहिलस्थित केएल टावरमा सिटिभी लिंक इलोक्ट्रोनिक्समार्फत मोबाइलको कारोबार गर्दै आएको छ । मोाबाइलको मल्टिब्राण्ड सोरुम मध्येकै राम्रो दाबी गरिएको यो सोरुमबाट एशोसरिज र ल्यापटपको पनि कारोबार गरिने छ ।

ब्यबस्थित पार्किङको सुबिधा, फ्रि वाइफाइको ब्यबस्था सहित खोलिएको यो एप्पल वल्र्ड प्रालिले २२ जना स्टाफमार्फत बिभिन्न कम्पनीबाट उत्पादित मोबाइलको बारे जानकारी दिदै सेवा तथा सुबिधा प्रदान गर्न लागेको छ । एप्पल वल्र्डले ओपनिङ अफर अन्तर्गत ३५ प्रतिशतसम्म छुटको ब्यबस्था गरेको छ भने सरप्राइज गिफ्टको समेत व्यवस्था गरिएको ग्लाइडरले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL