Logo

सिटी सेन्टरमा दशैं तथा तिहार उत्सव शुरु, सामान खरिदमा ५० प्रतिशतसम्म छुट

सिटी सेन्टरमा दशैं तथा तिहार उत्सव शुरु, सामान खरिदमा ५० प्रतिशतसम्म छुट



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले संचालनमा ल्याएको सिटी सेन्टरमा ‘दशैं तथा तिहार उत्सव २०७५’ शुरु भएको छ । गत शुक्रवारदेखि ‘सिटी सेन्टर सेलेब्रेशन : दशैं तथा तिहार उत्सव २०७५’ शुरु भएको आयोजकले जानकारी दिएका छन ।

शुक्रबार देखी संचालनमा आएको उक्त उत्सवमा घरायसी सम्पूर्ण सामग्रीहरुमा ५० प्रतिशत सम्म छुट पाईने भएको छ । विगतदेखिनै ग्राहकमुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको सो सेन्टरले यसपटक पनि दशैं मेला आयोजना गरेको हो ।

करिब २ महिना सम्म संचालन हुने सो मेलामा सहभागी हुने ग्राहकले ‘इन्टर द मल एण्ड वीन’मा सहभागि हुन पाउनेछन । यस योजनामा सहभागी मध्ये एक जनाले लक्की ड्र मार्फत आकर्षक ग्राण्ड प्राइज पाईने आयोजकले जानकारी दिएका छन । साथै मेलामा साङ्गीतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू समेत रहेको आयोजकले जानकारी दिएका छन ।

उक्त मेलामा सामान किन्ने ग्राहकहरूले ३ बजे र ६ बजे गरिने लक्की ड्रमा सहभागी भई १ घण्टाको पार्किङ फ्रि तथा ड्रिङ्सहरू समेत उपहार स्वरुप प्राप्त गर्न सक्ने भएको छ ।

साथै मेलामा बालबालिकाहरूलाई निःशुल्क खेल्ने ठाउँको समेत व्यवस्था गरेको छ । सो अवसरमा बच्चाहरूले आकर्षक डोर प्राइजका साथै निːशुल्क ट्रयाम्पोलाइन र बाउन्सिङ क्यास्टलको मज्जा लिन सक्ने आयोजकको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL