Logo

गहना प्रदर्शनीमा २२ करोडको कारोबार, ११ हजारले गरे अवलोकन

गहना प्रदर्शनीमा २२ करोडको कारोबार, ११ हजारले गरे अवलोकन


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता । नेपाल रत्न तथा आभुषण संघको आयोजनामा गरिएको रत्न तथा आभुषण प्रर्दशनीमा २२ करोड रुपैयाँ बरावरको कारोवार भएको छ । । शुक्रबारदेखि आइतबारसम्म राजधानीको याक एण्ड यती होटलमा चलेको उक्त मेलामा सो रकम बरावरको कारोवार भएको संघका कोषाध्यक्ष एवं मेला संयोजक शक्तिकुमार बेगानीले जानकारी दिए

joylery expo
मेलामा झण्डै ११ हजार जनाले प्रदर्शनीको अवलोकन गरेका थिए । प्रदर्शनी सत्साहजनक रुपमा सफल भएको र आगामी दिनमा पनि प्रदर्शनीलाई निरन्तरता दिईने संघका अध्यक्ष अध्यक्ष मनिषलाल प्रधान बताए । प्रदर्शनी प्रवद्र्धनका लागि संघले बलिउड नायिका रविना टण्डनलाई नेपाली गहानामा बेहुलीझै सजाएर फेसन शो मार्फत ¥याम्पमा प्रस्तुत गराएको थियो ।

फेशन शोमा १० वटा गरगहना निर्माणमा संलग्न कम्पनीहरुले आकर्षक गरगहनाका साथ -याम्पमा मोडललाई उतारेका थिए । प्रदर्शनीमा ३५ वटा कम्पनीको सहभागिता रहेको थियो । संघका अनुसार हाल गरगहनाको क्षेत्रमा करिब २० अर्ब रुपैयाँ बराबरको लगानी भएको अनुमान गएिको छ । नेपालको कुल बजारमा करिब ८० प्रतिशत हिस्सा नेपाली गरगहनाको रहेको संघले बताएको छ । रत्न तथा आभुषण प्रदर्शनीको तेश्रो संस्करण पनि आगामी बर्ष यसै समयमा गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL