Logo

सकियो गोदावरी पुष्प मेला, ६२ लाख रुपैंयाको कारोबार

सकियो गोदावरी पुष्प मेला, ६२ लाख रुपैंयाको कारोबार



काठमाडौं । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आईतबार सम्पन्न भएको छ । ४ दिन सम्म चलेको उक्त मेला ६२ लाख रुपैयाँको कारोबार गर्दे आईतबार सम्पन्न भएको हो ।

४ दिन सम्म चलेको सो मेलामा करिब ४४ हजार ५ सय जनाले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

तिहार लक्षित गरी आयोजना गरेको सो पुस्प मेलाको तेस्रो दिन सम्ममा मात्रै ३९ हजार जनाले अवलोकन गरी ५० लाख रुपैंयाको फूल बिक्री भएको थियो । उक्त मेलाको अन्तिम दिन आइतबार मात्रै ५ हजार बढीले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

आइतबार मात्रै साढे ११ लाख रुपैंयाको फूल बिक्री भएको मेलाको आयोजक फ्लोरीकल्चर एशोसिएशनले जानकारी दिएको छ ।

प्रदर्शनीमा ४ सय ५० भन्दा बढी जातको फूलका ४८ वटा स्टल समावेश रहेको सो मेलाको प्रतियोगितामा गोदावरी फूलका स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL