Logo

हिमालयन हाइड्रो एक्स्पो माघमा हुँदै, अवलोकनकर्तालाई हेलीकप्टर मार्फत हाइड्रोपावरको भ्रमण

हिमालयन हाइड्रो एक्स्पो माघमा हुँदै, अवलोकनकर्तालाई हेलीकप्टर मार्फत हाइड्रोपावरको भ्रमण



काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०१९ काठमाडौंमा हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ आयोजना गर्ने भएको हो ।

काठमाडौंको भृकुटीमण्डपमा हुने एक्सपोको बारेमा जानकारी दिँदै आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईले सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट निर्माणको बारेमा जानकारी दिने तथा सो क्षेत्रका सबैलाई एकै ठाउँमा भेला गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको बताएका छन ।

यही माघ ४ देखि ६ गतेसम्म हुने उक्त मेलामा करिब १ सय भन्दा बढी स्टल रहने आयोजकले जानकारी दिएको छ । उक्त मेलामा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, विमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विभिन्न स्टल राखिने भएको छ ।

एक्सपो अवलोकनका लागि आएका इच्छुक अवलोकनकर्ताहरुलाई हेलीकप्टर मार्फत हाइड्रोपावर कम्पनीको समेत भ्रमण गराउने ब्यावस्था गरेको अध्यक्ष गुरागाईले बताए । एक्स्पोमा इन्जिनियरिङ संकायका विद्यार्थिहरुका वीचमा विभिन्न प्रतिस्पर्धा गरिनुका साथै हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिनुका साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोग सम्वन्धमा समेत जानकारी दिने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL