Logo

पोर्चुगलमा नेपाली महोत्सव हुँदै, प्रदर्शनीमा नेपाली उत्पादन

पोर्चुगलमा नेपाली महोत्सव हुँदै, प्रदर्शनीमा नेपाली उत्पादन


बिजखबर संवाददाता
0
Shares

युरोपेली मुलुक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ ।

नेपाली वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलो पटक नेपाली महोत्सव हुने भएको छ । राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा संघले यही १५ अप्रिलमा महोत्सव गर्न लागेको हो । प्रवासमा नेपाली कला र लोक संस्कृतिको संरक्षण, प्रवद्धन एवं नेपाली पर्यटनको प्रचार प्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको संघका अध्यक्ष कुवेर कार्कीले बताए ।

नेपाली महोत्सव हुने भए पछि त्याँहाका सरकारी निकाय समेत उत्साही भएको जनाएको छ । महोत्सव सफल बनाउन सहयोग गर्ने आश्वाशन समेत दिएको छ कार्कीले भने ।

मेलामा नेपाली उत्पादन हस्तकला, नेपाली खाना,नेपाली पोशाक, नेपाल झल्काउने तस्वीर लगायतका गरी १२ स्टल रहने संघले जनाएको छ । साथै बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच शिखर सगरमाथा लगायत नेपालको पर्यटकीय स्थलका विषयमा जानकारी दिन र प्रचार प्रसार गर्न छुटट्ै स्टलको व्यवस्था गरेको कार्कीले बताएका छन ।

नेपाली वाणिज्य दुतावासको संरक्षकत्व एवं नेपाली पर्यटन दूत, नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि तथा पोर्चुगलमा क्रियाशील नेपाली संघ संस्थाको सह आयोजनामा नेपाली महोत्सव हुने भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्
MBL