Logo

अन्तरराष्ट्रिय व्यापार मेला शुरु, ३ सयमध्ये ७४ ओटा स्टलमा चिनीयाँ सामग्री

अन्तरराष्ट्रिय व्यापार मेला शुरु, ३ सयमध्ये ७४ ओटा स्टलमा चिनीयाँ सामग्री


बिजखबर संवाददाता
0
Shares

काठमाडौंं । अन्तरराष्ट्रिय ब्यापार मेला २०१८ को सातौ संस्करण बिहीबारदेखि सुरु भएको छ ।

काठमाडौंको भृकुटिमण्डपमा शुरु उक्त मेलामा नेपाललगायत विभिन्न देशका ३०० ओटा स्टल रहेका छन । मेलाको उद्घाटन प्रधानमन्त्री केपि शर्मा ओलीले गरेका हुन ।

मेलामा सबैभन्दा धेरै चीनको प्रतिनिधित्व गर्ने स्टल रहेका छन । मेलाका ३ सय स्टलमध्ये ७४ ओटा स्टलले चिनिया कम्पनीको प्रतिनिधित्व गरेको छन ।

त्यसैगरी मेलामा छिमेकी देश बङ्गलादेशका २१ ओटा स्टल, पाकिस्तानका १५ ओटा स्टल तथा भारतका १५ ओटा स्टल रहेको मेला संयोजक दीलसुन्दर श्रेष्ठले जानकारी दिए ।

सो मेलामा विभिन्न किसीमको लत्ताकपडा, घसायसी सामग्री, विजुलिका सामग्री आदिको प्रदर्शनमा राखिएको छ । त्यस्तै नेपाली हस्तकला तथा नेपाल व्यापार एकिकरण रणनितिका उत्पादनहरु रहेका छन ।
४ दिनसम्म चल्ने उक्त मेलाको करिव २ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अनुमान रहेको संयोजक श्रेष्ठले जानकारी दिए ।

मेला उद्घाटनमा अर्थमन्त्री, बाणिज्य तथा आपुर्ति मन्त्रीलगायतको उपस्थिती रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL