Logo

९५ लाख कारोबार गर्दै सकियो हिमाली कृषि मेला, ५० लाख बराबरको सामान अर्डर

९५ लाख कारोबार गर्दै सकियो हिमाली कृषि मेला, ५० लाख बराबरको सामान अर्डर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन मेलामा २०७४ आइतबार सम्पन्न भएको छ ।

उपराष्ट्रपती नन्दबहादुर पुन पासङले उदघाटन गरेको सो मेलामा करिब ९५ लाखको प्रत्यक्ष कारोबार भएको थियो ।

साथै ५० लाखको माग भएको आयोजकले जानकारी दिएको छ । करिब ८० हजार जनाले मेला अवलोकन गरेको आयोजकले बताएको छ ।

तिन दिन चलेको उक्त मेलामा छुर्पी, याक चिज, राडीपाखी, तरकारी बिउ, केशर, तोरा जुस, जुम्ली मार्सी चामल, स्याउको चाना , तथा जुस, किबी, अलैँची र चौँरीको पुच्छर बिशेष रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL