Logo

कलर्सका दुई नयाँ मोबाइल बजारमा, मूल्य ६ हजार ४ सयसम्म

कलर्सका दुई नयाँ मोबाइल बजारमा, मूल्य ६ हजार ४ सयसम्म



काठमाडौं । कलर्स मोबाइलका दुई नयाँ मोडलका मोबाइल नेपाली बजारमा भित्रिएका छन् । नेपालका लागि कलर्सको आधिकारिक विक्रेता टेलिटक प्रालिले ‘एक्स२१’ र ‘एक्स२६’ वेभ नामका दुई मोबाइल बजारमा ल्याएको हो ।
एण्ड्रोइडको ४.४ किटक्याट अपरेटिङ सिष्टममा चल्ने यी दुवै स्मार्ट फोनमा एकै पटक दुई ओटा सिस प्रयोग गर्न सकिन्छ । ‘एक्स२६’ वेभमा ४ इञ्चको एलसीडी स्क्रिन रहेको छ । यसमा २ मेगापिक्सलको रियर (पछाडीको) र शून्य दशमलव ३ मेगापिक्सलको फ्रण्ट (अगाडीको) क्यामरा रहेका छन् । २ सय ५६ एमबीको र्याम समेत रहेको यस मोबाइलको मूल्य ६ हजार ४ सय ९५ रुपिया“ तोकिएको छ । त्यस्तै, ‘एक्स२१’ वेभ मोबाइलमा ३ मेगापिक्सलको रियर र शून्य दशमलव ३ मेगा पिक्सलको फ्रण्ट क्यामेरा रहेको छ । २ जीवीको मेमोरी तथा २ सय ५६ एमबीको र्याम रहेको यस मोबाइलको मूल्य ५ हजार ७ सय ९५ रुपिया“ तोकिएको छ ।

-बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्
MBL