Logo

हुन्डाईले ल्यायो नयाँ आयोनीक ईलेक्ट्रीक कार, यस्ता छन विशेषता

हुन्डाईले ल्यायो नयाँ आयोनीक ईलेक्ट्रीक कार, यस्ता छन विशेषता



काठमाडौं । नेपालका लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो नयाँ ईलेक्ट्रीक कार आयोेनिक २०२० सार्वजनिक गरेको छ ।

कम्पनीले ह्यूण्डाई आयोेनिकको यो नवीनतम भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ सार्वजनिक गरेको हो । उक्त नयाँ ईलेक्ट्रीक प्रिमियम सेडानले ईलेक्ट्रीक गाडीको जगतमै नयाँ आयाम रच्ने कम्पनीको विश्वास छ । यसको अत्याधुनिक प्रविधिले राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झनझट मुक्त बनाउने कम्पनीले जानकारी दिएको छ ।

आयोेनिकमा ३८ दशमलव ३ किलोहर्ज क्षमताको ईलेक्ट्रीक मोटरको साथ १ सय किलोवाटको ब्याट्री पावर छ । यस्तै यसको अधिकतम स्पीड १६५ किलोमिटर प्रतिघण्ट रहेको छ । उक्त कार पूर्ण ईलेक्ट्रीक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाज बीना आरामले गुड्छ ।

नयाँ आयोेनिक २०२० मा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्र प्रदान गर्दछ र यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङ्गको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्छ ।

यसमा एलईडी डिआरएल र हेडल्याम्पस, स्मार्ट ईलेक्ट्रीक सनरुफ र नयाँ आइकोनिक ग्रील छ । यसमा विभिन्न आरामदायी र सहुलियतका विशेषताहरु छन्, जस्तै कि ८ इन्चको फ्लोटिङ टच स्क्रीन, हिटेड र भेन्टिलेटेड सिटहरु, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जर इत्यादि ।

प्रतिक्रिया दिनुहोस्
MBL