Logo

हुन्डाईले ल्यायो ‘स्प्रिङ्ग डिलाइट’ योजना, नगद छुटदेखि बिमासम्मको सुविधा

हुन्डाईले ल्यायो ‘स्प्रिङ्ग डिलाइट’ योजना, नगद छुटदेखि बिमासम्मको सुविधा



काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई स्प्रिङ्ग डिलाइट’ योजना ल्याएको छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाउनेछन् ।

यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क १ वर्ष सम्मको बिमा, आकर्षक एक्सचेञ्ज बोनस स्पट एक्सचेञ्ज तथा मुल्याङ्कनको सुबिधासमेत प्राप्त गर्न सक्नेछन् ।

साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । वसन्त ऋतुको नयाँ बहारलाई स्वागत गर्नको लागि यस ‘हुन्डाई स्प्रिङ्ग डिलाइट’ले ग्राहकवर्गमा नयाँ जोस र जागर उत्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस ‘हुन्डाई स्प्रिङ्ग डिलाइट’ योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । यस योजना निर्धारित समयका लागी मात्र लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL