Logo

नाडा प्रतिनिधिमण्डल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिववीच छलफल, सहजीकरणका लागि आग्रह

नाडा प्रतिनिधिमण्डल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिववीच छलफल, सहजीकरणका लागि आग्रह



काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालसंग भेटी सवारी साधन पैठारीकर्ताहरुले आफनो एजेन्सी बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नुपर्ने विषयमा विस्तृत छलफल गरेकोे छ ।

उक्त भेटघाटको क्रममा नाडाका अध्यक्ष दुलालले उक्त विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नविकरणमा विभिन्न समस्याहरु आईपरेको हुंदा सवारी साधन पैठारी गर्दा अप्ठेरो परेको हुनाले व्यवसायलाई सहजीकरणका लागि अनुरोध गरे । उक्त छलफलमा उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठले त्यसबारे थप स्पष्ट पारेका थिए ।

सोही छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा बैकुण्ड अर्यालले यसबारे केहि दिन भित्रै नेपाल राष्ट्र बैङ्क, बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभाग, र भन्सार कार्यालयहरुसंग छलफलगरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने बताए ।

उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगाएत नाडाका उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा महासचिव सुनिल रिजाल र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, निराकार श्रेष्ठ तथा शुभासिस थपलियासमेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा विभागका निर्देशकहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL