Logo

यूरोपियन ब्राण्ड रेनोको नयाँ उत्पादन रेनो ट्राइबर नेपालमा सार्वजनिक, नेपाली बजारमा गेम चेन्जर बन्ने दाबी

यूरोपियन ब्राण्ड रेनोको नयाँ उत्पादन रेनो ट्राइबर नेपालमा सार्वजनिक, नेपाली बजारमा गेम चेन्जर बन्ने दाबी



काठमाडौं । यूरोपियन ब्राण्ड रेनोले रु २८ लाख २० हजारको आकर्षक मूल्यमा नयाँ उत्पादन गेम चेन्जर–रेनो ट्राइबर बिहीबार नेपालमा सार्वजनिक गरेको छ । रेनो ट्राइबरले बि–सेगमेन्टका गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै नयाँ गाडी बजारमा ल्याएको हो ।

laxmi

रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी भएको र आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरु भएको कम्पनीले बताएको छ ।

‘हामी हाम्रो नयाँ गेम चेन्जर–रेनो ट्राइबर आज नेपालमा सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुशी छौं । अन्य बजारहरुमा जस्तै हामी आशावादी छौं कि यो विशाल, अल्ट्रा मोड्युलर गाडीले यो सेगमेन्टमा थुप्रै ग्राहकहरु आकर्षक गर्नेछ । यसको आकर्षक मुल्य निर्धारणका साथ गाडी खरिद गर्ने निर्णय गर्दा उच्च मुल्याङकन खोज्ने ग्राहकहरुका लागि रेनो ट्राइबर गाडी निकै उपयुक्त छ । रेनो ट्राइबरले भारतमा एक सफल अवधारणको रुपमा आफूलाई स्थापना गरिसकेको छ र ग्राहकहरुबीच पनि ठुलो स्वीकार्यता देखिएको छ । हामी ट्राइबर परिवारललाई बढाउदै हाम्रा अमुल्य ग्राहकहरुलाई यो परिवारमा स्वागत गर्न चाहन्छौं,’ रेनो इन्डिया अपरेशनका कन्ट्री प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक वेंकटराम ममिलापल्ले भने ।

कम्पनीका अनुसार रेनो ट्राइबरको डिजाइन आकर्षक रुपले गरिएको छ र यो कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो । रेनो ट्राइबरले नेपाली ग्राहकहरुको अपेक्षा पूर्ण गर्ने र ग्राहकहरुको चाहना अनुसारको लचिलोपन प्रदान गर्ने कम्पनीले बताएको छ । ‘रेनो ट्राइबर वास्तविक गेम चेन्जर हो, यसको आधुनिक, फराकिलो तर कम्प्याक्ट, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने आकर्षक इन्टेरियर र विभिन्न आधुनिक तथा व्यवहारिक विशेषता भएको गाडी हो । रेनो ट्राइबरमा यो श्रेणीको ५ सिटर कन्फ्रिगेशनमा सबैभन्दा ठुलो बुट क्षमता छ’, कम्पनीको जारी विज्ञप्तमा छ ।

रेनको लागि नेपालको अधिकृत विवmेता रहेको एडभान्स अटोमोबाइल प्रा.लि.का प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले नेपालमा रेनो ब्राण्डलाई विस्तार गर्दै हरेक बर्ष बिक्री मात्रा बढाउँदै लैजान हामीसँग प्रष्ट उद्देश्य र रणनीति रहेको बताए । ‘रेनो ट्राइबरले हाम्रो विस्तार योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश र मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउनेछ । रेनो ट्राइबरले कन्टेम्पोररी डिजाइन, आधुनिक विशेषता, धेरै स्पेश, रुमीनेश र भर्सटाइलिटी प्रदान गर्दछ । नेपालमा रेनो ट्राइबर भित्र्याउन पाउँदा हामी निकै खुशी छौं ’,, अग्रवालले भने ।

विशेषताहरु

रेनो ट्राइबर आकर्षक डिजाइन भएको रुमी र मोड्युलर सुविधासम्पन्न सवारी साधन
रेनो ट्राइबर ४ ट्रिममा उपलब्ध छ – आरएक्सइ, आरएक्सएल, आरएक्सजेड जसमा २० भन्दा बढि विशेषताहरु रहेका छन्
रेनो ट्राइबरको संस्करण र मुल्यमा ग्राहकहरुलाई हरेक संस्करण स्तरमा उत्तम मूल्य लाभ सुनिश्चित गर्दछ
रेनो ट्राइबर स्टाइलिस, फराकिलो, आधुनिक र व्यवहारिक सुविधासम्पन्न, अल्ट्रा मोड्युलरले सुसज्जित छ र कुल १०० भन्दा बढि विभिन्न सिट कन्फ्रिगेसनहरु छ
३० भन्दा बढि उत्कृष्ट विशेषताहर जस्तै इजीफिक्स सिट, एसयुभी स्कीड प्लेट्स, एलइडी इन्स्टुमेनट क्लस्टर, दोस्रो र तेस्रो रो मा टुइन एसी भेन्ट, १८२ एमएम को उच्च ग्राउण्ड क्लियरेन्स र ८ इन्चको टच स्क्रीन मिडिया नेभिगेसन इभोलुसन प्रणालीहरु रहेको छ
नयाँ इन्धन इन्जिन ः रेनो ट्राइबरमा १ लिटरको पेट्रोल इन्जिन राखिएको छ जसले प्रदर्शन र इन्धनमा एकरुपता कायम गरेर कुल मेन्टेनेन्श खर्च कम गर्दछ
रेनो ट्राइबरमा ४ एयरब्याग समावेश

प्रतिक्रिया दिनुहोस्
MBL