Logo

रोयल इनफिल्ड क्लासिक–३५० सीसी ड्युल च्यानल एबीएस सहितको बिएस आइभी नेपालमा, मूल्य ६ लाख मात्र

रोयल इनफिल्ड क्लासिक–३५० सीसी ड्युल च्यानल एबीएस सहितको बिएस आइभी नेपालमा, मूल्य ६ लाख मात्र



काठमाडौं । रोयल इनफिल्ड क्लासिक ३५० सी सी ड्युल च्यानल एबीएस सहितको बिएस आइभीको नेपालमा लन्च गरिएको छ ।

विश्वको एकमात्र सबैभन्दा पुरानो मोटरसाईकल ‘रोयल इनफिल्ड’ को नेपालका लागि आधिकारीक बिक्रेता प्रतिष्ठित औद्योगिक तथा व्यवसायिक घरना एभभी.दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रालिले रोयल इनफिल्डको अत्याधिक लोकप्रिय मोडल क्लासिक ३५० सी.सी. ड्युल च्यानल एबीएस सहितको बिएस आइभी नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीले क्लासिक ३५० को विशेष मुल्य रु.६ लाखमात्र केही समयको लागि मात्र तोकेको छ ।

रोयल इनफिल्ड क्लासिक ३५० सी सी इन्जिन नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्राण्ड हो । यसले युवाहरु, व्यवशायिक तथा सौखिन समूहको मन जितिरहेको छ । विवेक अटोमोबाइल्स प्रा.लि.ले आफ्ना १९वटा शाखा एवं डिलरहरुमार्फत यो बाइकको विक्री वितरण शुरु गरेको छ ।


रोयल इनफिल्डले दोस्रो विश्वयुद्धपश्चातको व्रिटिस मोटर साईकलहरुको स्मरण गराउँदछ । रोयल इनफिल्ड क्लासिक ३५० सी सी इन्जिन, फ्युल इन्डिकेटर, हेडलाइट केसिङ, फ्युल ट्र्यांक, ड्युल डिस्क बे्रक, ओभल टुल बक्स, स्पिडोमिटर डायल्स, सिंगल सिट प्रिङ, र हेडलाइट क्यापमा देख्न सकिन्छ । हाल थपिएको ड्युल च्यानल एबीएसका कारण टुरिङ्ग, दैनिक राइडिङ्गका लागि सुरक्षित भेैरहेको च्यथब िभ्लाष्भमि अब झन सुरक्षित हुनेमा कम्पनी विश्वस्त छ ।

प्रतिक्रिया दिनुहोस्
MBL