Logo

गैरीधारामा खुल्यो इसुजुको नयाँ शोरुम, भित्र्याइयो नयाँ मोडलका ४ गाडी

गैरीधारामा खुल्यो इसुजुको नयाँ शोरुम, भित्र्याइयो नयाँ मोडलका ४ गाडी



काठमाडौं । काठमाडौंको गैरीधारामा जापानी गाडी इसुजुको नयाँ सोरुम संचालनमा आएको छ ।
नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सञ्चालनमा ल्याएको उक्त सोरुमको नेपालका लागि जापानी राजदूत मासामिची साइगोले उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै कन्टिनेन्टलका अध्यक्ष सुहृदराज घिमिरेले उक्त कम्पनीको ४ मोडलका गाडी भित्र्याएको जानकारी दिएका छन । इसुजुका ग्राहकलाई गाडी बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन कम्पनीले देशभरीमा १५ वितरण तथा सर्भिस नेटवर्क विस्तार गरेको उनले जानकारी दिएका छन ।

सन् २०१७ यता कम्पनीले नेपालमा हजारभन्दा बढी गाडी बिक्री गरिसकेको घिमिरेले बताए । कन्टिनेन्टलले नेपालमा सो कम्पनीको २ हजार गाडी बिक्री गर्ने लक्ष राखेको छ । जसका लागि कम्पनीले देशभर सर्भिस सेन्टर खोल्ने र नयाँ मोडलका गाडीहरु भित्र्याउने योजना बनाएको घिमिरेले जानकारी दिएका छन ।

नेपालमा उपलब्ध सो कम्पनीका गाडीको बजार मूल्य भने २४ लाख ९० हजार रुपैयाँ देखि १ करोड ४४ लाख ९० हजार रुपैयाँ सम्मको रहेको छ । जुन गाडीहरुमा ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ । इसुजुको भारत र थाइल्यान्ड प्लान्टमा एसेम्बिङ भएका गाडी कन्टिनेन्टलले नेपालमा बिक्री–वितरण गर्ने छ ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले चालु आर्थिक बर्ष भित्रै सर्भिस नेटवर्क १९ पुर्याउने भएको छ । साथै आगामी बर्षमा १ सय किलोमिटरको दुरीमा एउटा सर्भिस सेन्टर खुलाउने तयारी गरेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL