Logo

यातायात व्यवसायी सामु सरकारले टेक्यो घुँडा, रोक्का बैंक खाता र सम्पती फुकुवा गर्न राष्ट्र बैंकको सर्कुलर

यातायात व्यवसायी सामु सरकारले टेक्यो घुँडा, रोक्का बैंक खाता र सम्पती फुकुवा गर्न राष्ट्र बैंकको सर्कुलर



काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न यातायात समितिको रोक्का भएको बैंक खाता तथा चल अचल सम्पत्ति फुकुवा गर्न सर्कुलर जारी गरेको छ । यस अघि सरकारले यातायात क्षेत्रमा देखिएको सिण्डिकेट खारेज गर्ने भन्दै यातायात समितिको सम्पत्ति राष्ट्रिय करण गर्ने भन्दै जफत गरेको थियो ।

साथै त्यस्ता समिति खारेजसँगै समितिको नाममा रहेको सम्पत्ति समेत राष्ट्रियकरण हुने प्रावधान रहेको छ । तर, सरकारले भने त्यस्तो सम्पत्ति फुकुवा गर्ने निर्णय गरेको हो । तत्कालिन समयमा गृह मन्त्रालयको निर्देशनमा कुल २ सय ४५ ओटा यातायात समितिहरुको बैंक खाता रोक्का राखिएको थियो । तर, राष्ट्र बैंकले सोमबार एक सर्कुलर जारी गर्दै साविकको यातायात समितिको नाममा रहेको चल अचल सम्पत्ति तथा बैंक खातामा रहेको रकम समेत त्यस्ता समितिहरु कम्पनीमा रुपान्तरण भएको हकमा सोही कम्पनीको नाममा रुपान्तरण गरिदिन निर्देशन जारी गरेको छ ।

तत्कालीन यातयात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले यातायातमा भएको सिण्डिकेटको अन्त्य गर्ने भन्दै समितिलाई कम्पनीमा दर्ता, समितिको बैंक खाता रोक्का, समितिको चलअचल सम्पत्ती राष्ट्रियकरण, लगायतका विषयहरु अघि बढाएका थिए । तर, पछिल्लो समय कम्पनी ऐन नै परिमार्जन गरि व्यवसायीहरुको बैंक खाता फुकुवा तथा चलअचल सम्पती सम्बन्धित कम्पनीलाई नै हस्तान्तरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL