Logo

आईएमइको ‘डबलको डबलको डबल अफर’को बम्पर विजेता घोषित, विरेन्द्र खाङले पाए ८ गुणा बढी पैसा

आईएमइको ‘डबलको डबलको डबल अफर’को बम्पर विजेता घोषित, विरेन्द्र खाङले पाए ८ गुणा बढी पैसा



काठमाडौं । आईएमइको ‘डबलको डबलको डबल अफर’को बम्पर विजेता घोषित भएको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै लक्की ड्रमार्फत खत्वे विरेन्द्र खाङलाई बम्पर विजेता घोषित गरेको हो ।

laxmi

उनले मलेसियाबाट नेपालमा रहेका आफ्ना आफन्तलाई ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । सोही अनुसार उनले पठाएको डबलको डबलको डबल अर्थात पठाएको ८ गुणा बढि रुपैयाँ हात पारेका हुन । सोही वापतको ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ हात पारेका हुन ।

आईएमई ग्रुपका चन्द्र ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बास्डर दिपकराज गिरीले संयुक्त रुपमा स्टार्ट बटन क्लिक गरी विजेता घोषणा गरेका हुन ।

कम्पनीले ल्याएको उक्त अफरमा ७७ दिनको योजना अवधिमा दैनिक लक्की ड्रमार्फत ११ हजार ९ सय ३१, साप्ताहिक लक्की ड्रमार्फत २२ जना, मासिक लक्की ड्रमार्फत ४ जना र बम्पर लक्की ड्रमार्फत १ जना सेवाग्राही लाभान्वित भएको कम्पनीले जानकारी दिएको छ ।

आईएमईले गत भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्मका लागि उक्त अफर ल्याएको थियो । उक्त विजेता घोषणा कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा विदेशबाट रेमिट्यान्स भनेबमोजिम धेरै भित्र्याउन उक्त अफर ल्याएको जानकारी दिए । उनले यस्ता योजनाले देशको अर्थतन्त्रमा समेत सोही अनुसारको सहुलियत पुग्ने विश्वास समेत व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL