Logo

नागरिक स्टक डिलरले साउन भित्रै काम सुरु गर्ने, बोर्डले दियो पहिलो चरणको अनुमति

नागरिक स्टक डिलरले साउन भित्रै काम सुरु गर्ने, बोर्डले दियो पहिलो चरणको अनुमति


बिजखबर संवाददाता
7.3k
Shares

काठमाडौं । नागरिक स्टक डिलरले साउन भित्रै सेयर खरिदबिक्रीको काम सुरु गर्ने भएको छ । धितोपत्र बोर्डले अनुमति दिएसँगै नागरिक लगानी कोषले स्टक डिलरको काम सुरु गर्ने भएको हो ।

बोर्डले कोषलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को ४ अनुसार अनुमती दिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । बोर्डलाई पहिलो चरणको अनुमति दिएको र अब पूर्वाधार तयार गरेर आएसँगै संचालन अनुमति दिईने समेत उनको भनाई थियो । ‘कोषले बुझाएको कागजात जाँचबुझ गर्दा बोर्डको ऐन तथा नियमावली अनुसार अनुमतिपत्र प्रदान गर्न उपयुक्त देखिएका थप पूर्वाधार तयार गर्न पहिलो चरणको अनुमति दिएका हौं,’ उनले भने, ‘कोषले जति छिटो पूर्वाधार तयार गरेर आउँछ त्यति नै चाडै संचालन अनुमति दिनेछौं ।’

बोर्डबाट पहिलो चरणको अनुमति पाएसँगै पूर्वाधार तयार गरेर साउन भित्रै अन्तिम स्वीकृति लिएर स्टक डिलरको काम सुरु गरिने कोषका कार्यकारी निर्देशक रकण नेपालले जानकारी दिए । ‘हामीले स्टक डिलको काम सुरु गर्न घर भाडामा लिईसकेका छौं भने सोही अनुरुप सफ्टवेयर तयार गरेर फर्निचर लगायतका पूर्वाधार पनि तयार गरिसकेका छौं,’ उनले भने, ‘अब बोर्डलाई पूर्वाधार तयार भएको जानकारी दिएर तत्काल अनुगमनमा बोलाउँछौं र संचालनका लागि अन्तिम सहमति लिएर साउन भित्रै काम थाल्ने छौं ।’

बोर्डबाट पहिलो चरणको अनुमति पाएसँगै कोषले स्टक डिलरको काम सुरु गर्न भौतिक पूर्वाधार, कार्यालय व्यवस्थापन, फर्निचर, सुरक्षा व्यवस्था, आईटीको व्यवस्थापन, कर्मचारीको व्यवस्थालगायत काम गर्नुपर्ने हुन्छ । कोषले स्टक डिलरको कम्पनी राख्नका लागि कृष्ण टावरमा १ बर्षको लागि भाडा फ्ल्याट भाडामा लिएको समेत पौडेलले जानकारी दिए ।

कोषले स्टक डिलरको काम स्थापना गरेको ‘नागरिक स्टक डिलर लिमिटेड’ मा कोषका साथै दूरसञ्चार कम्पनी र पुनर्बीमा कम्पनीको सेयर रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL