Logo

साताको पहिलो दिन नेप्सेमा पहिरो, ४३ अंकले घट्दा पौने २ अर्बको कारोबार

साताको पहिलो दिन नेप्सेमा पहिरो, ४३ अंकले घट्दा पौने २ अर्बको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचकमा उच्च गिरावट आएको छ । आईतबार बजार खुलेदेखि नै ओरालो लागेको बजारमा बन्द हुँदा ४२ दशमलव ७८ अंकले घट्न पुगेको छ ।
दोहोरो अंकले घटेको बजारमा सबै समुहका परिसुचक घटेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक २८३ अंकले ओरालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचकमा पनि २३१ अंकको गिरावट आएको छ ।

laxmi

पछिल्लो समय केही लगानीकर्ताहरुले आफुसँग सेयर होल्ड भएका कम्पनीको सामाजिक संजालमार्फत मार्केटिङ गरेर सेयर मूल्य बढाउने प्रयास गरेपनि अन्ततः बजार घट्न पुगेको छ । बजारमा तरलता (लगानीयोग्य रकम) भएपनि देशको अर्थतन्त्र नाजुक अवस्थामा रहेको र सरकारको खिचातानीका कारण लगानीकर्ताको मनोविज्ञानमा असर पर्दा नेप्से परिसुचक घट्न पुगेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

बजारमा सबैभन्दा बढी होल्डिङ रहेको बैंकिङ समुहको परिसुचकमा पनि उच्च गिरावट आएको छ । सो समुहको परिसुचक ४१ दशमलव ४८ अंकले घट्दा माईक्रोफाइनान्स ७६ र उत्पादमुलक समुहको परिसुचकमा ६६ अंकको गिरावट आएको छ । आईतबार म्युचुअल फण्ड बाहेक सबै समुहका परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ ।

दोहोरो अंकले घटेको बजारमा कारोबार रकममा भने सुधार आएको छ । बजारमा कुल १ अर्ब ८४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा १८९ कम्पनीको ४६ लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री भए ।

प्रतिक्रिया दिनुहोस्
MBL