Logo

ओप्पोको नयाँ ‘ओपो ए५२ सार्वजनिक, यस्ता छन् विशेषता

ओप्पोको नयाँ ‘ओपो ए५२ सार्वजनिक, यस्ता छन् विशेषता



काठमाडौं । ओप्पोले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए ५२’ सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ ह्याण्डसेटको बजारमूल्य २९ हजार ९ सय ९० रुपैयाँ तोकेको छ । ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दुई रङमा उपलब्ध गरिएको कम्पीले जानकारी दिएको छ । यसको मोटाइ ८ दशमलव ९ एमएम र वजन जम्मा १ सय ९२ ग्राम रहेको छ ।

डिस्प्ले

ओपो ए५२को डिस्प्लेको कुरा गर्दा यसमा १०८०×२४०० एफएचडीं रेजोल्यूशन सहितको ६ दशमलव ५ ईञ्च नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रिन)को प्रयोग गरिएको छ । स्क्रिनको पिक्सेल डेन्सिटी ४०५ पीपीआई रहेको छ । उपकरणको स्क्रिन टू बडी रेसियो ९० दशमलव ५ प्रतिशत छ । फोनको डिस्प्लेमा ईन (सेल टेक्नोलोजी (सनलाइट स्क्रिन), ब्ल्यू शिल्ड (टीयूभी राइनल्याण्ड प्रमाणित) लगायत पनि उपलब्ध गरिएको छ ।

क्यामेरा

ओपो ए५२मा कम्पनीले क्वाड रियर क्यामेरा सेटअपको प्रयोग गरेको छ । यसको प्रमुख रियर क्यामेरा एफ१ दशमलव ७ एपर्चर सहितको १२ एमपी र सेकेन्डरी रियर क्यामेरा एफ २ दशमलव २ सहितको ८एमपी (वाइड) रहेको छ । साथै, फोनमा दूई ओटा एफ २ दशमलव ४ एपर्चर सहितको २ एमपी रेजोल्यूशन सेन्सर रहेका छन् ।

जसमध्ये, एउटा माक्रो लेन्स र अर्को पोट्रेट लेन्स हुन् । यिनमा टच टू फोकस, फेज डिटेक्शन एएफ अटोफोकस प्रविधि पनि उपलब्ध गरिएको छ । फोनको रियर क्यामेरालाई सहयोगार्थ यसमा डुअल एलईडी फ्ल्याशको प्रयोग गरिएको छ । सेल्फीका लागि भने एफ २ एपर्चर सहितको १६ एमपी फ्रन्ट क्यामेराको व्यवस्था गरिएको छ ।

हार्डवेयर तथा सफ्टवेयर

ओपो ए५२लाई ओक्टाकोर (४×२) जीएचजेड कायरो २५० गोल्ड ं ४×१ दशमलव ८ जीएचजेड कायरो २ सय ६० सिल्भर क्वालकम स्न्यापड्रागन ६६५ चिपसेटले सञ्चारित गर्छ । फोनमा ४ जीबी र्याम र १२८जीबी आन्तरिक सञ्चय क्षमताको ब्यवस्था गरिएको छ ।

कलरओएस ७ दशमलव १ (एण्ड्रोइड १०)द्वारा सञ्चारित हुने यसमा प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार एसएसडीमार्फत सञ्चय क्षमतालाई २ सय ५६ जीबीसम्म बढाउन सक्छन् । फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सरको प्रयोग गरिएको छ । ओपो ए५२मा कम्पनीले १८वाट फास्ट चार्जिङ प्रविधि सहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL