Logo

साताको अन्तिम दिन नेप्सेमा छायो हरियाली, दोहोरो अंकले बढ्दा १ अर्ब ३२ करोडको कारोबार

साताको अन्तिम दिन नेप्सेमा छायो हरियाली, दोहोरो अंकले बढ्दा १ अर्ब ३२ करोडको कारोबार



काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा हरियाली छाएको छ । हप्ताभरी घटेको सेयरबजार बिहीबार भने १० दशमलव १३ अंकले उकालो लाग्दा हरियाली छाएको हो । बिहानैदेखि घटबढ भईरहेको नेप्सेमा आज विकास बैंक र म्युचुअल फण्डबाहेक सबै समुहहरु उकालो लागेका छन् । बिहीबार ब जारमा विकास बैंक समुहको परिसुचकमा ३ अंकको गिरावट आउँदा म्युचुअल फण्ड समुहको परिसुचक भने शुन्य दशमलव शुन्य ४ प्रतिशतले ओरालो लागेको हो ।

बिहीबार निर्जिबन बीमा समुहको परिसुचक सबैभन्दा धेरै १८७ अंकले उकालो लाग्दा जिवन बीमा समुहको परिसुचक भने १५४ अंकले उकालो लागेको छ । यस्तै ओटल समुहको परिसुचकमा ४२ अंकको सुधार आउँदा लघुवित्त समुहको परिसुचक २७ अंकले उकालो लागेको छ । यस्तै बिहीबार बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा भने ३ अंकको सुधार आएको छ ।

बजार दिनभरी चल्दा कुल १८७ कम्पनीका ३३ लाख ९२ हजार ९ सय ६९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ रुपैयाँ पुगेको छ ।
लगानीकर्ताहरु आज हायात होटल र मिर्मिरे लघुवित्तमा झुम्मीदा यी दुई कम्पनीको परिसुचकमा पोजेटिभ सर्किट लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL