Logo

नेपाली सेयर बजारको वास्तविकता : यी १० प्रवृत्तिका लगानीकर्ताले मात्र कमाउँछन्

नेपाली सेयर बजारको वास्तविकता : यी १० प्रवृत्तिका लगानीकर्ताले मात्र कमाउँछन्



काठमाडौं । नेपाली पूँजी बजारको विशेषता नै भनौं यसको अर्थतन्त्रसँग कुनै सम्बन्ध रहँदैन । पूँजी बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा परिभाषित गरिएपनि अर्थतन्त्रमा सुधार आउँदा नेप्से परिसुचक घट्ने गरेको छ भने अर्थतन्त्र नकारात्मक दिशामा जाँदा उकालो लाग्ने गरेको छ ।

laxmi

२०७२ सालको विनासकारी भुकम्प होस या हाल महामारीको रुपमा फैलिएको कारोना भाइसर यो अवस्थमा नेप्से परिसुचक उकालो लागेका छन् । तर अर्थतन्त्रमा लगातार तीन बर्षसम्म ७ प्रतिशतको हाराहारीमा वृद्धि हुँदा नेप्से परिसुचकमा भने ठिक त्यसको विपरित गिरावट आयो ।

नेपाली पूँजी बजारमा दिगोपना ल्याउने भन्दा पनि भल्को छोप्ने लगानीकर्ताको हावी भएका कारण पूँजी बजार र अर्थतन्त्रबीच मेल नखाएको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । ‘पूँजी बजारको प्राकृतिक बढाई वा घटाईमा सबै लगानीकर्ताले समान रुपमा कमाउने वा गुमाउने गर्छन,’ एक लगानीकर्ताले भने, ‘तर सिमित पहुँचवाला लगानीकर्ताले छोटो समयमा बढी कमाउनका लागि बजारमा स्थितरता ल्याउने गरेका छन् ।’ अर्कोतर्फ नेप्सेमा अर्थतन्त्रलाई प्रतिविम्वित गर्ने क्षेत्रका परिसुचकभन्दा पनि बैंक तथा वित्तीय क्षेत्रको मात्र बढी बाहुल्यता हुँदा पनि नेपाली पूँजी बजारले अर्थतन्त्रको ऐनाको रुपमा काम गर्न सकेको छैन ।

नेपाली पूँजी बजारमा विशेषरी हजारौं जनाको नागरिकता संकलन गरेर साधारण सेयर भर्ने र ब्रोकर र सुचिकृति कम्पनीका उच्च व्यवस्थापन तथा बोर्डसँगै पहुँच हुने लगानीकर्ताले कमाउने गरेका छन् ।

यी १० प्रवृत्तिका लगानीकर्ताले बजारमा कमाउने गरेका छन् ।

१ . विभिन्न कम्पनीले सार्वजनिक निष्काशन गरेका साधारण सेयरमा आवेदन दिनेको आकर्षण एकदमै बढ्दो छ । आईपीओमा प्रतिकित्ता मूल्य १ सय रुपैयाँमा आवेदन दिन पाइने र त्यसको मूल्य बढ्ने भएकाले पनि उक्त सेयरमा सकभर धेरैजसोले आवेदन दिने गरेका छन् । तर त्यस्ता आईपीओमा वास्तविक लगानीकर्ता भन्दा पनि एउटै व्यक्तिले बोरोका बोरा नागरिकता संकनल गरेर बैंकका कर्मचारी र ब्रोकरसँगको मिलेमत्तोमा बैंक खाता र डिम्याट खाता खोलेर आवेदन दिने लगानीकर्ताले पूँजी बजारबाट उल्लेख्य आम्दानी गर्दै आएका छन् । हाल एउटै व्यक्तिले त्यसरी १ हजारभन्दा बढी व्यक्तिको नागरिकता संकलन गरेर आईपीओमा आवेदन दिँदै आएका छन् ।

२. नेपाली पूँजी बजारमा पटक पटक उठ्दै आएको विषय हो इन्साईडर टे«डिङ । कम्पनीको उच्च व्यवस्थापन, बैंक तथा ब्रोकरसँग राम्रो पहुँच हुने लगानीकर्ताले भित्री सुचनाको आधारमा सेयर खरिदबिक्री गरेर पूँजी बजारबाट राम्रो आम्दानी गर्दै आएका छन् । सेयर बजारमा इन्साईडर ट्रेडिङ हुने गरेपनि नियामकले यसको नियमनमा त्यतिधेरै चासो दिएका छैनन् ।

३. सोझा लगानीकर्ताहरुसँग भएको कुनै पनि कम्पनीको आईपीओ तथा प्रमोटर सेयर सस्तोमा डिल गरेर खरिदबिक्री गर्ने क्रम पनि उत्तिकै छ । त्यसरी सस्तोमा डिल गर्न सक्ने लगानीकर्ताका लागि सेयर बजार कमाई खाने भाडो बेनेको छ । जसका लागि ठूलै गिरोह नै सक्रिय रहेका छन् ।

४. सेयर बजारको सुचना तथा कुनै पनि कम्पनीको नयाँ निर्णयका लागि माथिल्लो तहका कर्मचारी तथा संचालकहरुको ठूलो हात रहन्छ । विशेषगरी मर्चेण्ट बैंक, आरटीएसमा बस्ने कर्मचारी तथा कम्पनीको माथिल्लो व्यवस्थापन र संचालकसँगको मिलेमत्तोमा हकप्रद सेयर र अक्सनको धन्दा चलाएर सेयर बजारलाई कमाई खाने भाडो बनाएका छन् ।

५. सेयर बजारमा संस्थापक र बल्क सेयरमा डिल हुने गर्छ । त्यस्ता सेयर डिल गर्नेहरुले पनि बजारलाई राम्रोसँग उपयोग गरेका छन् ।

६. अर्को महत्वपूर्ण पक्ष नेपाली पूँजी बजारमा अन्य व्यक्तिको पैसा परिचालन गर्ने व्यक्तिहरुको वर्चश्व रहेको छ । विशेषगरी नेता र उच्च तहका कर्मचारीले अकुत रुपमा आर्जन गरेको रकमलाई प्रशोधन गर्नका लागि पनि सेयर बजारमा प्रयोग हुन् गरेका छन् । त्यस्ता व्यक्तिहरुको पैसा परिसचालन गर्ने व्यक्तिले ठूलो मात्रामा सेयर बजारमा लगानी गर्ने भन्दै पैसा संकलन गर्ने र पछि घाटामा देखाएर पनि पूँजी बजारबाट मनग्य आम्दानी गर्दै आएका छन् । त्यसरी पैसा परिचालन गर्नेहरु रातारात धनी भएका छन् भने त्यस्ता पैसा दिनेहरु आफुसँग भएको रकम पनि गुमाउनु पर्ने अवस्थामा पुगेका छन् । पैसा दिने व्यक्तिसँग स्रोतको आधिकारिकता नहुने भएकाले पनि परिचालन गर्ने व्यक्तिले आफुखुशी प्रयोग गर्दै आएका छन् ।

७. नेपाली पूँजी बजारमा धन्दाको रुपमा मौलाएको छ सेयर कर्नरिङ । सुरुमा साना साना कित्ता सेयर खरिद गर्दै जाने र आफुसँग ठूलो मात्रामा सेयर भएपछि तिनै व्यक्तिले सेयर बजार सम्बन्धी सोसल फोरम तथा आफु नजिकका व्यक्तिमार्फत त्यस्ता कम्पनीको सेयर बढ्ने भन्दै बजारिकरण गराउँछन् । चिनेजानेका व्यक्तिलाई पनि सेयर खरिद गर्न लगाउँछन् । बजारमा त्यस्तो सेयरको माग उच्च भएपछि आफुले सेयर बिक्री गरेर सुटुक्क निस्कने गरेका छन् । जसले पूँजी बजारलाई हल्लाको भरमा उपयोग गर्दै आएका छन् ।

८ .कतिपय व्यक्ति तथा कम्पनीले विश्वासको आधारमा सेयर खरिदबिक्रीको जिम्मा दिने गरेका छन् । विशेषगरी विज्ञको नाममा वा ब्रोकर कम्पनी र त्यहाँ कार्यरत कर्मचारीले त्यस्ता जिम्मा लिँदै आएका छन् । तर तिनै विश्वास पात्रले सेयर मुल्य बढ्ने संकेत पाएपछि सम्बन्धित व्यक्तिको सेयर बिक्री गरेर आफु वा आफन्तका खातामा ट्रान्सफर गराउने अनि मुल्य घट्न सुरु गरेपछि सोही सेयर त्यस्ता व्यक्तिको नाममा खरिद गरेर कमाउधन्दा चलाउने गरेका छन् । त्यस्ता व्यक्तिले अर्कोको सम्पत्तिमा आफुले रजाई गर्दै आएका छन् ।

९. यस्तै म्युचुअल फण्ड, इन्भेष्टमेन्ट कम्पनी, इन्स्योरेन्स र बैंक तथा वित्तीय सस्थाले पनि ठूलो परिणाममा सेयर किनबेच गर्दै आएका छन् । विशेषगरी त्यस्ता संस्थाको सेयर कारोबारमा बस्ने व्यक्तिहरुले अधिकारको दुरुपयोग गरेर पनि पूँजी बजारबाट ठूलो लाभ लिँदै आएका छन् ।

१० . सेयर बजारमा ब्रोकर कम्पनीहरुले पनि सेयर खरिदबिक्री गरेवापत कमाउने गरेका छन् । तर उनीहरुको कमाईको हिस्सा भने सानो रहको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL