Logo

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी हुन बजार घट्दा पनि उच्च कमाउने १० कम्पनी

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी हुन बजार घट्दा पनि उच्च कमाउने १० कम्पनी



काठमाडौं । साताको तेस्रो दिन नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार बिहानैदेखि घटबढ भईरहेको नेप्से परिसुचक कारोबारको अन्तिम समयमा १५ दशमलव ९९ अंकले ओरालो लाग्दै १४ सय ४९ विन्दुमा आएर रोकिएको हो ।

कारोबार सुरु भएकै समयदेखि घटबढ भईरहेको बजारमा मंगलबार ४ समुहका परिसुचक उकालो लाग्दा अन्य सबै समुहका परिसुचक ओरालो लागेका छन् । आज बजारमा होटल समुहको परिसुचक ८२ अंकले उकालो लाग्दा ट्रेडिङ समुहको परिसुचक २१ अंकले बढेको छ । यस्तै उत्पअदनमुलक समुहको परिसुचक ७४ अंकले उकालो लाग्दा म्युचुअल फण्ड समुहको परिसुचक शुन्य दशमलव शुन्य ६ अंकले उकालो लागेको छ ।

तर मंगलबार जिवन बीमा समुहको परिसुचकमा भने १ सय ९ अंकको गिरावट आएको छ । यस्तै निर्जिबन बीमा समुहको पसिुचक मंगलबार ३१ अंकले ओरालो लागेको छ । यस्तै बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा आज २० अंकको गिरावट आएको छ ।

दिनभर उत्तारचढावका बीच रहेको सेयर बजारमा विभिन्न १ सय ८५ कम्पनीका ४९ लाख ७६ हजार ४ सय ८८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब ८७ करोड २२ लाख २० हजार ४ सय ४७ रुपैयाँ पुगेको छ ।

बजार दोहोर अंकले घटेपनि मंगलबार बजारमा एनआईसी एशिया लघुवित्त, श्रीराम सुगरमिल, समृद्धि फाईनान्सलगायत विभिन्न १० कम्पनीले भने उच्च कमाएका छन् । उक्त कम्पनीहरुको सेयर मूल्यमा आज ४ प्रतिशत भन्दा बढीको वृद्धि आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL