Logo

किन हुन्छ बजार खुल्दा र बन्द हुँदा सानो कित्ता सेयर कारोबार ? के गर्दैछ नियामक ?

किन हुन्छ बजार खुल्दा र बन्द हुँदा सानो कित्ता सेयर कारोबार ? के गर्दैछ नियामक ?



काठमाडौं । पछिल्लो समय सेयर बजार खुल्दा र बन्द हुने समयमा सानो कित्ता सेयरमा कारोबार गराएर बजार बढाउने वा घटाउने चलखेल हुन थालेको छ । आईतबार र सोमबार प्रि ओपनिङनै सानो कित्ता सेयर कारोबार गराएर बजार खुल्ने वित्तिकै बजारमा पोजेटिभ सर्किट लाग्यो भने सोमबार बजार बन्द हुँदा पनि सानो कित्ता सेयर कारोबार गराएर नेप्से परिसुचक घटाईयो ।

laxmi

विशेषरी लगानीकर्ताहरुले बजार खुल्दा १०/२० कित्ता सेयर कारोबार गराएर नेप्से परिसुचक बढाउने गरेका छन् । कतिपय कम्पनीको १० कित्ता कारोबारबाटै सेयर मूल्य ५ प्रतिशतसम्म वृद्धि गराएका छन् । सबै लगानीकर्ताको पहुँचका लागि नेप्सेको अनलाईन प्रणाली नचल्ने र सिमित पहुँचवालाले ब्रोकर तथा सफ्टवेयर निर्माता कम्पनी वाईकोसँगकै मिलेमत्तोमा सानो कित्ता सेयर कारोबार गराएका छोटो अवधिमा मुल्य घटाउने तथा बढाउने गरेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

‘सोमबार बजारमा न हामीलाई बढेर सर्किट लागेको थाहा भयो न ५ प्रतिशतको सर्किट लागेर बजार तुरुन्तै घटेको थाहा भयो,’ एक लगानीकर्ताले भने, ‘न नेप्सेको मार्केट डेप्फ्थ चल्छ न त टीएमएस नै चल्छ जसले गर्दा हामी अन्यौलमै भयौं ।’

नेप्सेको अनलाईन प्रणालीले काम नगर्दा त्यसको फाइदा सिमिति पहुँचवाला लगानीकर्ताले मात्र लिईरहेको सम्बद्ध लगानीकर्ताहरुको गुनासो रहेको छ । हाल नेप्सेले घरबाटै सेयर खरिदबिक्री गर्न मिल्ने भन्दै टीएमएस प्रणाली ल्याएको छ भने सोही अनुरुप ब्रोकरले लगानीकर्तालाई युजर नेम र पासवर्ड दिएको छ । तर नेप्सेको टीएमस लोडिङ मात्र भएर बस्ने त्यसले आफुले सेयर खरिदबिक्री चाहेको अवस्थामा कुनै काम नगरेको एक लगानीकर्ताको गुनासो रहेको थियो ।

साथै पछिल्लो समय सिमित लगानीकर्ताले पहुँच र प्रविधिको दुरुपयोग गरेर सानो कित्ता सेयर कारोबार गराएर आफुलाई चाहेको कम्पनीको सेयर मूल्य घटाउने तथा बढाउने खेल भइरहेको छ ।
यता नियामक निकाय नेपाल स्टक एक्सचेञ्ज भने नियमअनुसार जस्तो खालको कारोबार पनि गर्न दिनुपर्ने बताउछ । ‘नेप्सेको सिस्टम अनुसार हामीले सानो कित्ता सेयर कारोबार गर्न बन्देज लगाउन मिल्दैन,’ नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने, ‘यसका लागि छुट्टै नियम नबनाएसम्म अहिलेको व्यवस्था अनुसार कुनै प्रक्रिया अघि बढाउन मिल्दैन ।’

तर लगानीकर्ताहरुले थोरै कारोबारमै बजारमा सर्किट लगाएर दिनभरलाई कारोबा हल्ट गर्न थालेभने सर्किटको सिमा भने बढाउन सकिने उनको भनाई थियो । ‘पछिल्लो समय सिमित कारोबारमै बजार बढाएर वा घटाएर दिनभरलाई बन्द गराउन थालियो,’ उनले भने, ‘त्यसलाई दिनभर चल्ने वातावरण बनाउनका लागि सर्किट ब्रेकको मौजुदा व्यवस्थालाई बढाउने विषयमा गृहकार्य भैरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL