Logo

मार्जिन लेण्डिङको सीमा ७० प्रतिशत, औषत मुल्य गणनालाई १२० दिनमा झारिने

मार्जिन लेण्डिङको सीमा ७० प्रतिशत, औषत मुल्य गणनालाई १२० दिनमा झारिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले पूँजी बजार सुधारका लागि मार्जिन लेण्डिङको सीमालाई बढाउने भएको छ । हाल मार्जिन लेण्डिङको सीमा ६५ प्रतिशत रहँदै आएकोमा त्यसलाई बढाएर ७० प्रतिशत पुर्याउन लागिएको हो ।

यस अघि धितोपत्र बोर्डले मार्जिन लेण्डिङको सीमा ७५ प्रतिशत पुर्याउन राष्ट्र बैंक समक्ष सिफारिस गरेको थियो । मौद्रिक नीतिको छलफलको क्रममा एक संचालकले बोर्डले सिफारिस गरे अनुसार ७५ प्रतिशत पुर्याउनुपर्ने अडान लिएपनि ७० प्रतिशतनै कायम गर्ने लगभग सहमति जुटेगको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

यसैगरी सेयर कर्जा प्रबाहका लागि गरिने औषत गणना अबधिलाई समेत घटाईने भएको छ । यस अघि १८० दिनको औषत मुल्यलाई आधार मानेर बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा प्रदान गर्दै आएकोमा अबका दिनमा त्यसलाई घटाएर १२० दिनमा झारिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL