Logo

६३ करोड बराबरको आईपीओ निष्काशन गर्दै रिलायन्स लाईफ, बार्षिक साधारणसभाले गर्याे पारित

६३ करोड बराबरको आईपीओ निष्काशन गर्दै रिलायन्स लाईफ, बार्षिक साधारणसभाले गर्याे पारित



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड बराबरको प्राथमिक शेयर निष्काशन गर्ने भएको छ । आईतबार सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।

कम्पनीको अधिकृत पूँजी ३ अर्ब र जारी पूँजी २ अर्ब १० करोड रहेकोमा जारी पूँजीको ३० प्रतिशतको हुन आउने रकम ६३ करोड बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको जानकारी दिएको छ ।

२०७४ मंसिरदेखि विधिवत रुपमा जीवन बीमा सम्बन्धि सेवाहरु प्रदान गर्दै आएको कम्पनीले हाल १०० वटा शाखा÷उपशाखा कार्यालयहरुबाट आफ्नो कार्य संचालन गरिरहेको छ ।

साधारण सभाले अध्यक्ष ताराचन्द केडियाले प्रस्तुत गरेको आ।व।२०७५ ७६ को वार्षिक प्रतिवेदनका साथै आ।व। २०७५ ७६ को वासलत, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।

यस्तै कम्पनीको आव २०७६ ०७७ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, संचालक समितिको अध्यक्ष र संचालकहरुको बैठक भत्ता एवं। अन्य सुविधाहरु निर्धारण गर्ने सामान्य प्रस्तावहरु पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL