Logo

साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड हुँदै

साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड हुँदै



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर आज सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले सोमबार साँझ ५ बजे जमलस्थित कार्यालयमा बाँडफाँट गर्ने तयारी रहेको जानकारी दिएको छ ।

आइतबार प्रि अलोटमेण्ट गरेको कम्पनीको आइपिओमा ४ लाख ५५ हजार ७ सय २७ जनाले १ करोड ११ लाख ८७ हजार ९ सय ६० कित्ता लागि आवेदन दिएका छन्। जस मध्ये ८ हजार ६ सय ४ जनाको आवेदन रद्द भएको छ । कम्पनीले असार २१ गतेदेखि ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये १० हजार ८ सय ९० कित्ता कर्मचारीहरुको लागि र ३५ हजार ३ सय ९० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ ।

बाँकी रहेको ६ लाख ६१ हजार ५ सय २० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । इक्रा नेपाल लिमिटेडले कम्पनीको आईपिओलाई ग्रेड ४ रेटिङ दिएको छ । यस रेटिङले कम्पनीको आधारभुत पक्ष औसतभन्दा तल रहेको बुझाउँछ ।

प्रतिक्रिया दिनुहोस्
MBL