Logo

यातायात व्यवसायी भन्छन : सार्वजनिक सवारी साधन सडकमा ल्याउन सक्ने अवस्था छैन, बैठक बसेर के गर्ने भन्ने निर्णय गर्छौ

यातायात व्यवसायी भन्छन : सार्वजनिक सवारी साधन सडकमा ल्याउन सक्ने अवस्था छैन, बैठक बसेर के गर्ने भन्ने निर्णय गर्छौ



काठमाडौं । सरकारले सार्वजनिक यातायात संचालन गर्ने निर्णय कार्यान्वयमा समस्या हुने यातायात व्यवसायीले बताएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले आजदेखि नै छोटो दूरीका सार्वजनिक यातायात संचालन गर्ने आकस्मिक निर्णय गरेको थियो ।

तर, उक्त निर्णय एकाएक अर्थात आफुहरुसँग छलफल नै नगरी ल्याईएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । उनका अनुसार सरकारले व्यवसायीसँग उनीहरुका समस्याहरुका बारेमा कुनै छलफल नै नगरि एकतर्फी र एक्कासी निर्णय गर्दा व्यवसायी अन्यौलमा रहेका छन् ।

पछिल्लो साढे ३ महिनादेखि सार्वजनिक सवारीसाधनहरु ग्यारेजमै थन्किएका कारण हालै चल्न सक्ने अवस्थाामा छैनन । अर्थात गाडीमा खिया लागेका कारण जाम भएका छन एक्कासी अर्थात आजै संचालनमा ल्याउन सकिने अवस्थाा नभएको उनको भनाई छ ।

सार्वजनिक यातायात व्यवसायीहरुले विभिन्न समयमा बैंकको ब्याज र किस्तालगायतका कुराहरुलाई समेटेर सरकारलाई सुझाव दिएका थिए । सोही आधारमा सरकारले निर्णय गरेपनि आफुसँग कुनै छलफल नगरी एक्कासी सरकारले निर्णय गरेको व्यवसायीको भनाई छ ।

सरकारले आजैदेखि लागु हुनेगरी साविकको भाडामा ५० प्रतिशत थपेर भाडा लिई २ सिटमा एक जना यात्रु चढाएर सार्वजनिक सवारीसाधन संचालन गर्न निर्देशन दिएको छ ।

यससँगै अब के गर्ने र यस्तो बेला कसरी सवारी संचालन गर्ने भन्ने विषयमा महासंघमै आज दिउँसो १ बजे बैठक बोलाइएको सिटौलाले जानकारी दिए । सोही बैठकमा केही निर्णय हुने महासचिव सिटौलाले जानकारी दिए । उनका अनुसार उक्त बैठकमार्फत सार्वजनिक यातायात यस्तो बेलामा कसरी संचालनमा ल्याउने भन्नेबारे निर्णय लिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL