Logo

व्यवसायीको गुनासो सुनेपछि समितिको सरकारलाई निर्देशन, ट्याक्सी चलाउने व्यवस्था मिलाउनु

व्यवसायीको गुनासो सुनेपछि समितिको सरकारलाई निर्देशन, ट्याक्सी चलाउने व्यवस्था मिलाउनु



काठमाडौं । सरकारलाई प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले ट्याक्सी चलाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले स्वास्थ्य सतर्कता अपनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी(सीसीएमसी) ले तयार गरेको मापदण्डबमोजिम ट्याक्सी व्यवसाय सञ्चालनको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले स्वास्थ्य सचेतता अपनाएर सरकारले लकडाउनमा पनि केही पेसा, व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले त्यसैलाई पछ्याएर ट्याक्सी चलाउने व्यवस्था गर्नुपर्ने तर्क गरेको छ । सरकारी मापदण्डलाई पूरा गरी ट्याक्सी चलाउँदा अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतजावतमा थप सहज बनाउन सकिने भन्दै समितिले ट्याक्सी यातायात सञ्चालनको व्यवस्था मिलाउन समितिले निर्देशन दिएको हो ।

समितिले आयोजना गरेको छलफलमा उपस्थित अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले समुन्नत मान्छेले चढ्ने गाडी सञ्चालन भइरहे पनि सर्वसाधारण चढ्ने सार्वजनिक सवारी सञ्चालन नहुँदा समस्या भएको स्पष्ट पारेका थिए ।

केसीले संकटको समयमा यातायात मजदुरहरुका लागि सरकारले समेत कुनै राहतका कार्यक्रममा नल्याउँदा दर्दनाक अवस्थामा रहेको धारणा राखे । उनले अगाडि थपे, ‘आवश्यक प्रोटोकल बनाएर यातायात सञ्चालन गर्नुपर्छ । मजदुरहरुको सुरक्षा ग्यारेण्टी गर्नुपर्छ, बिमा गर्नुपर्छ, स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्छ र बैंकहरुको किस्ता र ब्याजदरमा सहजीकरण गरिनुपर्छ ।’

त्यस्तै, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई १ सय ७ दिनसम्मको निरन्तर लकडाउने श्रमिकको घरमा चुलो बल्न नसकेको बताए । उनले निजी क्षेत्रका १० खर्ब लगानी रहेको यातायात क्षेत्रमा ११ लाख मजदुरहरु कार्यरत रहेको तथ्यांक प्रस्तुत गरे ।

काठमाडौं । विकास तथा प्रविधि समितिले ट्याक्सी चलाउन दिन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको समितिले व्यवसायी मारमा परेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो वातावरण बनाउन निर्देशन दिएको हो । समितिको बैठकमा यातायात व्यवसायीहरुलाई आमन्त्रित गरिएको थियो । व्यवसायीको गुनासो सुनेपछि संसदीय समितिले यस्तो निर्णय गरेको हो ।

समितिको निर्देशनमा भनिएको छ, ‘विश्व स्वास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीएमसी) ले तयार पारेका मापदण्डहरु पूरा गरी सरकारले लकडाउनकै अवधिमा पनि केही पेसा व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरेकाले सोही मापदण्डलाई पूरा गरी अर्थतन्त्रलाई थप चलायमान बनाउन, सर्वसाधारणलाई आवतज्ञावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देश गर्दछ ।’

लकडाउनका कारण यातायात क्षेत्र सर्वाधिक प्रभावित क्षेत्रमध्ये एक हो । अहिले सार्वजनिक सवारी ठप्प छन् । जसका कारण व्यवसायी मारमा परेका छन् ।
एकातिर आय गुमेको र अर्कोतिर बैंकको किस्ता तिर्नुपर्ने कारण उनीहरु मुस्किलमा परेको गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL