Logo

एक्जिम कोड नविकरणको म्याद थप्न नाडाको माग

एक्जिम कोड नविकरणको म्याद थप्न नाडाको माग



काठमाडौं। नाडा एशोसिएशनले एक्जिम कोड नविकणको म्याद थप्न माग गरेको छ । एशोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलाल र भन्सार विभागका महानिर्देशक सुमन दाहालबीच भएको भेटमा एक्जीम कोड नविकरणको म्याद असोज मसान्तसम्मका लागि थप गर्न अनुरोध गरिएको हो ।

laxmi

नेपालमा ३ लाख व्यावसायीक कम्पनीहरु एक्जीम कोडमा दर्ता रहेको र हालसम्म पनि बन्दाबन्दी कायम रहेका कारण यसको म्याद थप्नुपर्ने उनको भनाई थियो ।

हाल जोर विजोर प्रणाली लागु गरिएको, सर्वोच्च अदालतले जिरो आवरको घोषणा गरेको स्थितिमा सो नविकरण गर्ने कम्पनीहरु १ हजार ५ सयको सख्यामा मात्र रहेको सन्दर्भमा सवै कम्पनीहरुले निर्धारित समयावधि भित्र नविकरण गर्न नसक्ने अवस्था रहेकोले नविकरणको म्याद थप गर्न नाडाले अनुरोध गरेको हो ।

देशको यस्तो जटिल र विषम परिस्थितिमा यसबाट व्यवसायीहरुलाई धेरै सहज हुने अपेक्षा नाडाले राखेको छ । सो एक्जीम कोड नविकरण गर्ने म्याद यहि २०७७ आषाढ मसान्तसम्म मात्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL