Logo

ब्रोकरलाई पनि मर्जर सहित पब्लिक कम्पनीमा लगिने, नियामक निकायका कर्मचारीले आईपीओ समेत भर्न नपाउने

ब्रोकरलाई पनि मर्जर सहित पब्लिक कम्पनीमा लगिने, नियामक निकायका कर्मचारीले आईपीओ समेत भर्न नपाउने



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा कार्यरत कर्मचारीले साधारण सेयर (आईपीओ) समेत खरिद गर्न नपाउने भएका छन् ।

laxmi

प्रतिनिधिसभाको अर्थसमिति मातहतको उपसमितिले आज प्रतिवेदन बुझाउँदै उक्त व्यवस्था गर्न सिफारिस गरेको हो । सेवोन, नेप्सेलगायतका नियामक निकायले आईपीओ भर्दा वा त्यस्ता सेयर बिक्री गर्दा स्वार्थ बाझिने भन्दै अबका दिनका नियामक निकायमा कार्यरत कर्मचारीलाई आईपीओ, एफपीओमा आवेदन दिनका साथै सेयर बजारमा कुनै पनि कारोबार गर्न नपाइने व्यवस्था गरिएको अर्थ समितिका सभापति कृष्णप्रसाद दहालले बताए । ‘अध्ययनका क्रममा निकायका कर्मचारीले सेयर सेयर बजारमा प्रत्यक्ष सहभागी हुँदा अनावश्यक चलखेल हुने देखियो,’ दाहालले भने, ‘तसर्थ हामीले नियामक निकायका कार्यरम कर्मचारीलाई सेयरबजारमा संलग्न हुननै रोक लगाउन सिफारिस गरेका हौं ।’

यसैगरी प्रतिवेदनले ब्रोकर कम्पनीलाई पनि अनिवार्य पब्लिक कम्पनीमा लगिने भएको छ । हाल निजी कम्पनीको रुपमा संचालिन हुँदै आएको ब्रोकर कम्पनीलाई चुक्ता पूँजी वृद्धि गर्दै पब्लिक कम्पनीमा लगिन लागेको हो । ‘हाल न्यूनतम २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको ब्रोकर कम्पनीलाई २०७९ असार मसान्तभित्र १० करोड चुक्ता पूँजी पुर्याइ अनिवार्य पब्लिक कम्पनी बाउनु पर्नेछ,’ उक्त प्रतिवेदनमा भनिएको छ, ‘ब्रोकरहरु एक आपसमा मर्जरमा जान चाहेमा निश्चित समयको कर सहुलियत दिई गाभिन प्रोत्साहन दिईने छ ।’

लामो समयको अध्ययन पश्चात मंगलबार उपसमितिका संयोजक रामकुमारी झांक्रीले अर्थ समिति सभापति दाहाललाई उक्त प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL