Logo

साताको दोस्रो दिन नेप्से परिसुचकमा ३३ अंकको उछाल, कारोबार रकम १ अर्ब नजिक

साताको दोस्रो दिन नेप्से परिसुचकमा ३३ अंकको उछाल, कारोबार रकम १ अर्ब नजिक



काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३३ अंकले उकालो लागेको छ । पछिल्लो समय घटबढ भईरहेको नेप्से परिसुचक सोमबार भने ३३ दशमलव २७ अंकले उकालो लाग्दै १२ सय ९८ विन्दुमा पुगेको हो । नेप्सेका अनुसार सोमबार म्युचुअल फण्डबाहेक सबै समुहका परिसुचक उकालो लागेका छन् ।

जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचकमा उछाल आएको छ । नेप्सेका अनुसार आज जिवन बीमा समुहको परिसुचक २ सय ६६ अंकले उकालो लाग्दा निर्जिवन बीमा समुहको परिसुचक भने २ सय ७४ अंकले उकालो लागेको छ ।

यस्तै लघुवित्त समुहको परिसुचकमा पनि सोमबार ८४ अंकको उछाल आएको छ । बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक भने २१ दशमलव २९ अंकले उकालो लाग्दा होटल र हाईड्रोपावर समुहको परिसुचक क्रमशः ७४ र १२ अंकले उकालो लागेका छन् ।

सोमबार कारोबार भएको समयदेखि नै उकालो लागेको नेप्सेमा १ सय ७६ कम्पनीका २७ लाख ३१ हजार ४ सय ९८ कित्त सेयर किनबेच भएको छ । जसमार्फत आज ९२ करोड ७८ लाख ४१ हजार ३ सय २१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL