Logo

भेस्पा, अप्रिलियाको नयाँ योजना सार्वजनिक, शुन्य प्रतिशत ब्याजदरमा स्कुटर किन्न पाईने

भेस्पा, अप्रिलियाको नयाँ योजना सार्वजनिक, शुन्य प्रतिशत ब्याजदरमा स्कुटर किन्न पाईने



काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको अधिकारिक बिक्रेता दुगर ब्रोदर एंड सन्सले न्यु नर्मल कोभिड–१९ योजना सार्वजनिक गरेको छ । कम्पनीले कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली अर्थव्यवस्था तथा उपभोक्तामा ठुलो असर गरिरहेको अवस्था उक्त नयाँ योजना सार्वजनिक गरेको हो ।

laxmi

कम्पनीका अनुसार भेस्पा र अप्रीलियाका स्कुटर किन्न ईच्छुक ग्राहकले स्कुटर खरिदमा ५ हजार रुपैयाँसम्म छुटका साथै शुन्य प्रतिशत ब्याजदरमै खरिद गर्न सकिनेछ । साथै भेस्पा र अप्रिलिया को हेल्मेट, फुटम्याट, स्कुटर कभर, र किरिंग को साथै २ बर्षको फ्री सडक कर समेत उपलब्द गराएको छ ।

ग्राहकको सुबिधा लाइ मध्यनजर गर्दै कम्पनी ले अनलाईनबाट नै स्कूटर बुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा निशुल्क डेलिभरी समेत गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL