Logo

सेयर बजारमा ‘ब्ल्याइन्ड’ चल्दै लगानीकर्ता, किन मौन बस्दै छ नेप्से ?

सेयर बजारमा ‘ब्ल्याइन्ड’ चल्दै लगानीकर्ता, किन मौन बस्दै छ नेप्से ?



काठमाडौं । बजारलाई पारदर्शी बनाउने भन्दै संचालनमा ल्याइएको अनलाईन कारोबारले सेयर बजारलाई जुवा घरमा परिणत गरिदिएको छ ।

laxmi

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले लगानीकर्तालाई सेयर खरिदबिक्रीका लागि अनलाईन प्रणाली संचालनमा ल्याएपनि उक्त सिस्टम नै नचल्दा लगानीकर्ताहरुले अन्दाजको भरमा सेयर खरिदबिक्री गर्न बाध्य भएका छन् । लगानीकर्ताहरुले मार्केट डेप्थको आधारमा सेयरको माग र आपूर्तिको आधारमा मुल्य निर्धारण गर्दै सेयर खरिदबिक्री गर्ने गरेपनि उक्त अनलाई प्रणाली नै नचल्दा अन्दाजको भरमा सेयर खरिदबिक्री गर्नुपरेको एक लगानीकर्ताले जानकारी दिए ।

‘नेप्सेले अनलाईन प्रणाली ल्याएपछि अनलाईनमार्फत मार्केट डेप्थ हेर्दै सेयर कारोबार गर्दै आएका थियौं,’ ती लगानीकर्ताले भने, ‘तर नेप्सेको मार्केट डेप्थ त कुरै छाडौं वेव साईट समेत नचल्दा हचुँवाको भरमा लगानी गर्नुपर्ने बाध्यता भयो ।’

साताको पहिलो दिन आईतबार बजार खुलेको केही समय सेयर बजार बढ्न पुगेको थियो । त्यस पश्चात बजार लगानीकर्ताले टे«ड म्यानेजमेन्ट सिस्टम (टीएएस), मार्केट डेप्थ र वेव साईट समेत नचल्दा लगानीकर्ताले अन्धाधुन्द सेयर बिक्री गर्दा पुनः बजार घट्न पुगेको थियो । तर बजार बन्द हुने अन्तिम समयमा बजार ९ अंकले बढ्न पुगेको थियो ।

लामो समय पश्चात बजारमा १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बढ्दो बजारमा बीमा समुहको परिसुचक सबैभन्दा बढी २१२ अंकले बढ्दा उत्पादनमुलक समुहको परिसुचक २० अंकले उकालो लागेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक ३ दशमलव ३५ प्रतिशतले मात्र उकालो लागेको छ । आईतबार बजार नेपाल रि इन्स्योरेन्सको सबैभन्दा बढी १५ करोड र नेपाल लाईफ इन्स्योरेन्सको १० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL