Logo

प्रविधिको गलत प्रयोगले जुवा घरमा परिणत हुँदै नेप्से, लगानीकर्ताले पत्ता लगाउन सकेनन् दाउ !

प्रविधिको गलत प्रयोगले जुवा घरमा परिणत हुँदै नेप्से, लगानीकर्ताले पत्ता लगाउन सकेनन् दाउ !



काठमाडौं । बिहीबार बजार खुलेको २ घण्टा नवित्दै नेगेटिभ सर्किट लागेर बजार बन्द भएको छ । अघिल्ला २ दिन छोटो समयमा ६ प्रतिशत बढेर पोजेटिभ सर्किट हानेर बन्द भएको बजार साताको अन्तिम दिन आज बजार खुलेको पौने २ घण्टामा नेगेटिभ सर्किट हानेर बजार बन्द हुन पुगेको छ ।


लकडाउन पछि ३ महिनाभन्दा बढी बजार बन्द हुँदा नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले नीतिगत सुधार गर्दै बजारलाई प्रविधिमैत्री बनाउने आशा गरिएकोमा थप अप्ठ्यारो व्यवस्था लागू गर्दै बजार खुला गरेपछि लगानीकर्ताहरु थप मारमा परेका हुन् । धितोपत्र बोर्डले ल्याएको एक डिम्याट खाता १ ब्रोकर नीतिले धेरैजसो लगानीकर्ताले आफ्नो खातामा भएको सेयर बिक्री गर्न पाएनन् भने सोही कारण मंगलबार र बुधबार बजारमा खरिद चाप बढ्दा छोटो समयमै पोजेटिभ सर्किट हानेर बजार बन्द हुन पुग्यो । जुन बजारमा लामो समयदेखि बजार खुल्ने प्रतिक्षामा बसेका लगानीकर्ताहरु प्रवेश नै गर्न पाएनन् । जहाँ सिमित लगानीकर्ताहरुबीच मात्र सेयर खरिदबिक्री भयो भने सानो कारोबार रकममै बजार आश्चर्यजनक वृद्धि गरेर कोरोबार नै बन्द गरियो ।

यसैगरी बिहीबार पनि खुलेदेखि नै उच्च रुपमा घटेको बजार छोटो समयमै ४७ करोड ६६ लाख रुपैयाँको कारोबार हुँदै बजार बन्द हुन पुग्यो । नेप्सेको वेव साईट सहज रुपमा नचल्ने र लगानीकर्ताले अनलाईन खरिदबिक्री गर्न मार्केट डेफ्थ नै राम्रोसँग हेर्न नपाएकाले हचुँवाको भरमा कारोबार गर्नुपर्ने बाध्यता रहेको एक लगानीकर्ताले जानकारी दिए । ‘अहिले नियामक निकायले लगानीकर्तालाई घरबाटै अनलाईन कारोबार गर्नु ब्रोकर अफिस गएर भीडभाड नगर्नु भनेको छ,’ ती लगानीकर्ताले भने, ‘तर घरबाटै सेयर खरिदबिक्री गर्न नेप्सेको कुनै पनि सिस्टले राम्रोसँग काम गरिरहेको छैन ।’

ट्रेडिङ म्याजेनमेन्ट सिस्टम (टीएमएस) मार्फत सेयर खरिदबिक्री गर्नुपर्नेमा नेप्सेको वेवसाईट नै राम्रोसँग नचल्दा लगानीकर्तालाई समस्या भएको समेत सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् । पछिल्लो समय प्रविधिले बजार सुधार भन्दा पनि लगानीकर्ताले हचुँवाको भरमा कारोबार गर्नुपर्ने बाध्यताले झन विगार्ने काम गरेको समेत एक लगानीकर्ताले जानकारी दिए ।

बिहीबार ८० अंकले घटेर बन्द भएको बजारमा उत्पादनमुलक बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा अघिल्लो २ दिन सबैभन्दा बढीले उकालो लागेको जीवन बीमा समुहको परिसुचकमा ६०८ अंकले गिरावट आएको छ । यसैगरी निर्जीवन बीमा समुहको परिसुचक १७८ अंकले ओरालो लाग्दा बजारमा सबैभन्दा बढी प्रभ्त्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि ७८ अंकको गिरावट आएको छ ।

यसैगरी बजारमा उत्पादनमुलक समुहको परिसुचक १२८ अंकले घट्दा होटल समुहको परिसुचक पनि सोही अनुपातमा घट्न पुगेको छ । दिनभर बजारमा कुल १४२ कम्पनीको १० लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा सबैभन्दा बढी नेपाल री इन्स्योरेन्स र नेपाल लाईफको सबैभन्दा बढी ६÷६ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL