Logo

सेयर बजार ६ प्रतिशतले बढ्दा साढे २ घण्टा अगावै बन्द, ४० करोड ७३ लाखको कारोबार

सेयर बजार ६ प्रतिशतले बढ्दा साढे २ घण्टा अगावै बन्द, ४० करोड ७३ लाखको कारोबार



काठमाडौं । मंगलबार जस्तै बुधबार पनि सेयर बजार ६ प्रतिशतले बढेर साढे २ घण्टा अगावै बन्द भएको छ । लगातार बढेको नेप्से परिसुचक आज ७५ अंकले बढ्दै रोकिएको हो ।

करिव ३ महिनाभन्दा लामो समय बन्द भएर खुलेको सेयर बजारमा लगातार सुधार देखिएको छ । बुधबार आज बिहान ११ बजे खुलेको बजार ३६ मिनेटमा ५ प्रतिशतले बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १३३६ अंकमा उक्लिएर बन्द भएको हो। ६ प्रतिशतले बजार बढेमा वा घटेमा त्यस दिनका लागि कारोबार बन्द हुने व्यवस्था छ। आज १ सय ३५ कम्पनीका ११ लाख १ हजार २ कित्ता कारोबार भएको छ ।

बिहानैदेखि लगातार बढेर डेढ घण्टामै बन्द भएको बजारमा ४० करोड ७३ लाख ५२ हजार २ सय ७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

लगातार बढेर निर्धारित समयभन्दा अगावै बन्द भएको बजारमा होटलबाहेक सबै समुहका परिसुचकहरु उकालो लागेका छन् । जसमा सबैभन्दा बढी जीबन बीमा समुहका परिसुचक ७ प्रतिशत अर्थात ५ सय ४८ अंकले बढेको छ ।

यस्तै निर्जीबन बीमा समुहको परिसुचक पनि ६ प्रतिशतले उकालो लागेको छ । बजारमा धेरै प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक भने ८२ अंकले उकालो लागेको छ । साथै लघुवित्त तथा उत्पादनमुलक समुहका परिसुचकमा पनि उल्लेख्य सुधार आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL