Logo

मौद्रिक नीतिले मार्जिन लेण्डिङको सिमा ७५ प्रतिशत पुर्याउँदै, मार्जिन कलमा नयाँ व्यवस्था

मौद्रिक नीतिले मार्जिन लेण्डिङको सिमा ७५ प्रतिशत पुर्याउँदै, मार्जिन कलमा नयाँ व्यवस्था



काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन लेण्डिङको सीमा बढाएर ७५ प्रतिशत पुर्याउने भएको छ । राष्ट्र बैंकले आर्थिक बर्ष २०७७/७८ को मौद्रिक नीतिमार्फत मार्जिन लेण्डिङको मौजुदा व्यवस्थालाई परिमार्जन गर्दै ७५ प्रतिशत पुर्याउन लागेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

यस अघि धितोपत्र बोर्डले पूँजी बजार सुधारका लागि भन्दै मौद्रिक नीतिमार्फत मार्जिन लेण्डिङको सीमा वृद्धि, ब्रोकरलाई समुलियत कर्जालगायत विषयहरु सम्बोधन गर्न सुझाव दिएको थियो । तर सोमध्ये मार्जिन लेण्डिङको सीमा वृद्धि गर्ने सम्बन्धमा सहमति भैसकेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

पछिल्लो समय सेयर लगानीकर्ताहरुले दबाब दिएसँगै अर्थ मन्त्रालयबाटै मार्जिन लेण्डिङको सिमा वृद्धि गर्ने सम्बन्धमा चासो भएपछि मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्ने निश्चित भएको हो । केही समय अघि राष्ट्र बैंकले सर्कुलमार्फत मार्जिङ लेण्डिङको सिमा बढाउने तयारी गरेको थियो । तर अबको एक महिनाभित्र आगामी आबको मौद्रिक नीति आउने भएकाले त्यसैमा समावेश गरेर ल्याउन लागिएको समेत राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

यसैगरी मार्जिन कलको व्यवस्थालाई परिमार्जन गर्ने भएको छ । यस अघि राष्ट्र बैंकले सेयर बजारमा स्थायीत्व ल्याउन बजार २० प्रतिशतसम्म घट्दा मार्जिन कल गर्न नपाउने व्यवस्था गरेकोमा अबका दिनमा त्यसलाई घटाएर १० प्रतिशतमा झार्ने भएको छ । ‘मार्जिन लेण्डिङको अहिलेको सिमा बढाउने भएपछि मार्जिन कलको सिमालाई केही घटाईएको हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL