Logo

धितोपत्र बोर्डका अध्यक्ष भन्छन्, सेयर बजारजस्तो अव्यस्थित र भद्रागोल कतै देखिन, अब अर्को हप्तादेखि मात्र बजार खुल्छ

धितोपत्र बोर्डका अध्यक्ष भन्छन्, सेयर बजारजस्तो अव्यस्थित र भद्रागोल कतै देखिन, अब अर्को हप्तादेखि मात्र बजार खुल्छ



काठमाडौं । धितोपत्र बोर्डले आगामी हप्तादेखि मात्रै सेयर कारोबार खुल्ने बताएको छ । सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएपनि बजारमा केही सुधारका काम गर्नुपर्ने भएकाले आगामी हप्तादेखि मात्र बजार संचालनमा ल्याउन सकिने बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए ।

सेयर बजारमा एकदमै भद्रगोल अवस्था रहेको जानकारी दिँदै आगामी हप्तादेखि कारोबार खुला गरिने उनको भनाई थियो । ‘यो हप्ता सिस्टम निर्माणदेखि बजारको मोडालिटी तयार गर्नेछौं,’ उनले भने, ‘यो हप्ता बजार खुल्ने सम्भावना एकदमै न्यून छ सम्भवत अर्को हप्तादेखि सेयर कारोबार खुल्ने छ ।’

नेपालको सेयर बजारजस्तो भन्द्रगोल, अस्तव्यस्त र अनुशासनहित कुनै पनि क्षेत्र नभएको बताउँदै यस क्षेत्र सुधारको लागि निकै ठूलो चुनौती रहेको उनको भनाई थियो । ‘बोर्डले बजार संचालनको तयारी गरिरहँदा केही लगानीकर्ताका समुहहरु बोर्ड, नेप्से लगायतका निकायमा गएर धर्ना बस्ने तथा नारा जुलुस गर्ने चेतावनी दिन थालेका छन्,’ उनले भने, ‘यस्तो कार्यले बजारमा विकृति फैलाउने बाहेक अन्य काम गर्दैन ।’

‘अहिले सेयर बजार खोल्दा पनि विरोध बन्द गरेर बस्दा पनि विरोध गर्ने प्रवित्तिको हावी भएको देखियो,’ उनले भने, ‘यसले सिमिति लगानीकर्ताको स्वार्थमा समग्र बजारलाई नै धुमिल बनाउने काम गर्दैछ ।’ तसर्थ अबका दिनमा सेयर बजार संचालन तथा सुधारका लागि सबै सरोकारवाला एकजुट भएर अघि बढ्नु पर्ने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL