Logo

१ लाख एक्टिभ ग्राहक पुगेकोमा रिचार्जरको अफर, ५ सय रुपैयाँ बराबरको निशुल्क सामान उपलब्ध गराउने

१ लाख एक्टिभ ग्राहक पुगेकोमा रिचार्जरको अफर, ५ सय रुपैयाँ बराबरको निशुल्क सामान उपलब्ध गराउने



काठमाडौं । मोबाइल एप रिचार्जरले ५ सय रुपैयाँ बराबरको निशुल्क सामान उपलब्ध गराउने भएको छ । रिचार्जरले १ लाख एक्टिभ युजर पुगेको अवसर तथा उक्त रकम बराबरको सामग्री दिने उद्देश्यले क्यासलेस पर्चेज सञ्चालन गर्ने भएको छ ।

आफ्ना प्रयोगकर्तालाई आफुसँग भएको क्यास प्वाइन्ट मात्र रिडिम गरेर ५ सय रुपैंया बराबरको सामान उपलब्ध गराउने भएको हो । कोभिड प्रोटेक्सन प्रोडक्टहरु स्यानिटाइजर, मास्क र इम्युनिटी बुष्टर डबल सी खरिद गर्दा नगद भुक्तान गर्नु नपर्ने ग्लोबल की टेक्नोलोजी प्रालिले जानकारी दिएको छ ।

रिचार्जरले यही शुक्रबारका दिन मध्यान्ह १ बजेदेखि १ घण्टाको अवधिमा आफ्ना प्रयोगकर्तालाई क्यासलेस पर्चेज अफर अन्तरगत ५ सय रुपैंया बराबरको सामान निशुल्क उपलब्ध गराउन लागेको हो । यसरी अर्डर हुने सामान डेलिभरी पनि निशुल्क हुनेछ ।

ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरका अनुसार क्यासलेज पर्जेज अफरमा रिचार्जरका प्रयोगकर्ताको खातामा रहेको क्यास प्वाइन्टलाई रिडिम गरेर सित्तैंमा सामान उपलब्ध गराउने छ । ५ सय रुपैंयाभन्दा धेरैको सामान खरिद गर्दा एनआईसी एशिया, ग्लोबल आईएमई र मेगा बैंकका खातावालाहरुले कार्डबाट महसुल भुक्तानी गर्दा थप १० प्रतिशत छुट पाउने छन ।

तीन वटै बैंकले रिचार्जरबाट ५ हजार रुपैंया सम्मको सामान किनेर रकम तिर्नेहरुको खातामा १० प्रतिशत रकम फिर्ता गरिदिने छन् । नयाँ प्रयोगकर्ताले रिचार्जर एप डाउनलोड गरी खाता खोल्दा १०० क्यास प्वाइन्ट पाउने छन् । जतिको रिचार्ज गर्यो त्यति नै क्यास व्याक पनि पाइन्छ ।

मोबाइल रिचार्ज गरी शतप्रतिशत क्यास व्याक जम्मा गरेर नयाँ प्रयोगकर्ताले पनि अफरमा सित्तैमा सामान किन्न सक्नेछन । मोबाइल रिचार्जका अलावा बीमा, बिजुली, इन्टरनेट, टिभीलगायतका सेवाको महसुल भुक्तानी गर्दासमेत २० प्रतिशत क्यास प्वाइन्ट पाउने छन ।

प्रतिक्रिया दिनुहोस्
MBL