Logo

चेम्बरले भन्याे, तत्काल कर तिर्न सकिदैन, लकडाउन खुलेकाे ३ महिनापछि मात्र तिर्छाै

चेम्बरले भन्याे, तत्काल कर तिर्न सकिदैन, लकडाउन खुलेकाे ३ महिनापछि मात्र तिर्छाै



काठमाण्डौं । नेपाल चेम्बर अफ कमर्शले तत्काल कर तिन नसक्ने जानकारी दिएको छ । देश पूर्ण लकडाउनका कारण समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प भएकाले तत्काल कर तिन नसक्ने वातवरण नभएको चेम्बरको ठहर छ ।

चेम्बरले स्वास्थ सुरक्षाको प्रत्याभूतीका साथ लक डाउनको अवधिमा अविलम्व आथिक कृयाकलाप चलायमान बनाउन व्यवसायीक बातावरण सृजना गर्नसमेत सरकालाई आग्रह गरेको छ । त्यस्तै चेम्बरले एक विज्ञप्ती जारी गर्दै लकडाउन समाप्त भइ व्यवसायीक वातावरण सुचारु भएको ३ महिनामा कर बिवरण एवम रकम वुझाउने व्यवस्थाका लागि मुलकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने समग्र व्यवसायी क्षेत्रबाट जोडदार माग गर्दछ ।

साथै बिद्यमान सूचना खारेज गरी व्यबसायीको माग बमोजिम नर्या सूचना जारी गर्नसमेत अनुरोध गर्दछ विज्ञप्तीमा भनिएको छ । नेपाल सरकार अर्थ मन्त्रालय आन्तरिक राजस्व बिभागको कर बिवरण एवम रकम वुझाउन निकालिएको सुचनाले चेम्वर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्ले छ ।

कोरोनाका कारण बिगत ७० दिन देखि मुलुक लक डाउनमा भएकोले समग्र आर्थिक एवम व्यावसायीक कारोवार ठप्प भएको छ । तरलताको अभावले कर्मचारी मजदुरको पारिश्रमिकलगायत अन्य बैंकको व्याज किस्ता तथा अन्य बिबिध खर्चहरुसमेत धान्न नसकी रहेको अवस्थामा पुगेको चेम्बर अफ कमर्शले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

आव २०७७/७८ को प्रस्तुत बजेट सम्वोधनको क्रममासमेत व्यवसायीक क्षेत्रले भोगी रहेको कठिन चुनौतिलाइ स्वीकार गरि सकेको अवस्था छ । यस्तो कठिन अवस्थामा व्यवसायीक क्षेत्रबाट नगद प्रवाहको अभावले तत्कालै कुनै पनि करहरु तिर्न असमर्थ रहेको अवस्थामा आयकर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कको बिवरण र कर रकम लक डाउनको अवधिमा वुझाउने म्याद जारी हुनु आफैमा बिडम्वना पूर्ण रहेको चेम्बरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL