Logo

सिटी एक्सप्रेस र केएमई रेमिटान्सबीच सम्झौता, एक हप्ता निशुल्क रकम पठाउन सकिने

सिटी एक्सप्रेस र केएमई रेमिटान्सबीच सम्झौता, एक हप्ता निशुल्क रकम पठाउन सकिने



काठमाडौं । हङकङको केएमई रेमिटान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच सम्झौता भएको छ । सम्झौता अनुसार हङकङमा रहेका नेपालीले केएमई रेमिटान्सको सेवा प्रयोग गरि सिटी एक्सप्रेसमार्फत नेपालमा रकम पठाउन सक्नेछन ।

laxmi

उक्त रकम नेपालको जुनसुकै बैंक खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमईका निर्देशक कबिता गुरुङले हस्ताक्षर गरेका छन ।

आईतबार एक कार्यक्रमकाबीच हङकङका महाबाणिज्य दूत कमल प्रसाद भट्टराईले उक्त सेवाको उदघाटन गरेका हुन । साथै नेपाल बिप्रेषण पठाउदा १ हप्ता को लागि निशुल्क पठाउने ब्यबस्थासमेत गरिएको छ । उक्त सुविधा ३१ मे २०२० सम्म लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL