Logo

बजारमा देखिएन लगानीकर्ताको उत्साह, नेप्से २ प्रतिशतले घट्दा सवा घण्टामै बन्द

बजारमा देखिएन लगानीकर्ताको उत्साह, नेप्से २ प्रतिशतले घट्दा सवा घण्टामै बन्द



काठमाडौं । लकडानका कारण ५० दिन पछि खुलेको नेप्से परिसुचक सवा घण्टामै बन्द हुन पुगेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक २ प्रतिशतले बढ्दा बजार खुलेको सवा घण्टामै कारोबार बन्द हुन पुगेको हो ।

laxmi

सो अबधिमा १० करोड रुपैयाँको मात्र सेयर खरिदबिक्री हुन पुगेको छ । नेप्सेको नयाँ नियम अनुसार कम्पनीमा ३ प्रतिशत र समग्र नेप्से परिसुचकमा २ प्रतिशत घटबढ हुँदा बजार बन्द हुनेछ ।
मंगलबार बजारमा सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी जीवन बीमा समुहको परिसुचक १५६ अंकले घटेको छ भने निर्जीवन बीमा समुहको परिसुचकमा ७२ अंकको गिरावट आएको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचक पनि २६ अंकले घटेको छ ।

दिनभर कुल ८७ कम्पनीको १ लाख कित्ता सेयर खरिदबिक्री भएको छ । जसका सबैभन्दा बढी नागरिक लगानीकोषको ८ करोड ८८ लाखको सेयर कोरोबार भएको छ ।

पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै जाँदा थप त्रास पैसा भएको र केही समय अझै बजारमा गिरावट आउने सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले लगानीकर्ताहरु बजारबाट कमाउने वा नयाँ लगानी थप्नेभन्दा पनि आफुसँग भएको लगानी सुरक्षित गर्न लागेका छन्,’ एक लगानीकर्ताले भने, ‘जसका कारण तत्काल बजार बढ्ने देखिँदैन ।’

प्रतिक्रिया दिनुहोस्
MBL