Logo

मंगलबारदेखि दैनिक दुई घण्टा सेयर बजार खुल्ने, धितोपत्र बोर्डले जारी गर्यो १४ बुँदे मापदण्ड

मंगलबारदेखि दैनिक दुई घण्टा सेयर बजार खुल्ने, धितोपत्र बोर्डले जारी गर्यो १४ बुँदे मापदण्ड



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)ले आगामी मंगलबारदेखि सेयर कारोबार खुला गर्ने भएको छ । नेप्सेले हालको कारोबार समयलाई घटाउँदै दैनिक २ घण्टा मात्र बजार खुला गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कारोबार समय तथा सर्किट ब्रोकको समय दुबै घटाएर सेयर कारोबार खुला गर्न लागेको हो ।

जस अनुसार मंगलबार देखि दैनिक २ घण्टा सेयर कारोबार खुल्नुका साथै २ प्रतिशतले नेप्से परिसुचक तलमाथि भएमा बजार दिनभरका लागि पूर्ण रुपमा बन्द हुने बोर्डको अध्यक्ष भिष्म ढुंगानाले जानकारी दिए ।

बोर्डका अनुसार कम्पनीको सर्किट ब्रेकलाई पनि १० प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारिएको छ ।

साथै सेयर कारोबारका लागि ब्रोकर कम्पनीको सिफारिसमा बोर्डले नै पास उपलब्ध गराउने भएको छ । बोर्डले नेप्सेलगायत सम्बद्ध पक्षसँगको छलफल गरी मंगलबारदेखि बजार खुला गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL