Logo

प्लाष्ट नेपाल एक्स्पो शुरु, अर्थमन्त्रीले भने उद्योग विकासका लागि सरकार जस्तोसुकै प्रोत्साहन गर्न तयार छ

प्लाष्ट नेपाल एक्स्पो शुरु, अर्थमन्त्रीले भने उद्योग विकासका लागि सरकार जस्तोसुकै प्रोत्साहन गर्न तयार छ


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२८, कात्तिक, काठमाडौं । प्लाष्टिक उद्योग विकासका लागि सरकार जस्तो सुकै प्रोत्साहन गर्न तयार रहेको अर्थमन्त्री डा. रामशरण महतले बताए । ‘प्लाष्टिकका सामानहरु देशका लागि आवश्यक मात्र नभइ निर्यात गर्न मिल्ने गरी उत्पादन गर्नुपर्छ,’ प्लाष्ट नेपाल २०१४ को उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले भने, ‘देशमा प्लाष्टिक उद्योग विकासका लागि सरकार जुनसुकै सहयोग गर्न पनि तयार छ ।’
पछिल्ललो समय प्लाष्टिकका सामानले शहरी क्षेत्रलाई सवैभन्दा बढी प्रदुषित बनाएको बताउँदै आगामी दिनमा व्यवसायीहरुले प्लाष्टिकका सामानलाई रिसाइकल गरी उपयोगमा ल्याउनु पर्ने महतको भनाइ थियो । ‘अहिले प्लाष्टिकका सामानहरु एकपटक प्रयोग गरेपछि त्यतिकै खेर गइरहेका छन्,’ उनले भने, ‘त्यस्ता सामानलाई पुनः प्रयोगमा ल्याउन सके लागत खर्च घट्नुका साथै वातावरण प्रदुषण समेत कम गर्नेछ ।’

bizkhaba_plase expo
प्लाष्टिकका सामानको बजारमा सानो नभएको बताउँदै व्यवसायीले जति सामान उत्पादन गरेपनि छिमेकी देशहरु भारत र चीनमा खपत हुने उनले जानकारी दिए । नेपालमा प्लाष्टिक उद्योगको विकासका लागि ठूला औद्योकि घरनाका साथै बैंकहरुलाई पनि लगानी गर्न उनले आग्रह गरे । देश खुला अर्थतन्त्रको बाटोमा गइसकेको बताउँदै आगामी दिनमा उद्योग कलकारखाना फस्टाउने उनको दावी थियो । देशलाई आर्थिक उन्नती तर्फ लैजान आगामी दिनमा व्यवसायीहरुले जलविद्युत्, पर्यटन, कृषिजस्ता उद्योगमा लगानी गर्न आग्रह गरे ।

bizkhabar_plast expo (2)
कार्यक्रममा नेपाल उद्योग परिसंघका इमिरेट्स प्रेसिडेन्ट बिनोद चौधरीले केही तत्वहरुले प्लाष्टिक उद्योगलाई धरासयी बनाउनका लागि अनावश्यक हल्ला फैलाइरहेको बताए । ‘प्लाष्टिक भनेको वास्तविकता र जिन्दगी हो,’ उनले भने, ‘घरको भान्छा देखि विभिन्न ठूलठूला कार्यमा प्लाष्टिकको प्रयोग हुने भएकाले यसलाई कसैले पनि हटाउन सक्दैन ।’ साथै, आगामी दिनमा प्लाष्टिक उद्योगलाई घरासयी पार्ने खालनका अनावश्यक प्रचारबाजी नगर्न समेत उनले आग्रह गरे ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिपकुमार श्रेष्ठले देशमा प्लाष्टिक उद्योगका लागि आवश्यक दक्ष जनशक्ति नभएको बताए । ‘नेपालका प्लाष्टिक उद्योगमा विदेशबाट कामदार ल्याउनु पर्ने वाध्यता छ,’ उनले भने, ‘यस्ता उद्योगका लागि आवश्य जनशक्ति स्वदेशमै उत्पादन गर्नु पर्छ ।’ साथै, नेपालमा बढीभन्दा बढी प्लाष्टिकमा सामान उत्पादन गरी भारतमा निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने तर्फ ध्यान दिनु पर्ने उनको भनाई थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL